मेयर बालेन एमाले विरुद्ध परिचालित: नेकपा महासचिव पाेख्रेल

काठमाडौ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेकपा एमालेविरुद्ध परिचालित भएको एमालेका महासचिव शङ्कर पोखरेलले आराेप लगाएका छन् ।
शुक्रबार भएकाे एमालेकाे जागरण सभापछि सार्वजनिक स्थलमा फाेहाेर गरेकाे भन्दै काठमाडौं महानगरले जरिवाना गर्ने भएपछि एमाले महासचिव पाेख्रेलले सामाजिक संजाल फेसबुक मार्फत मेयर शाहलाई एमालेविरुद्ध परिचालित भएको प्रस्ट भएकाे बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा महासचिव पोखरेलले कार्यक्रम समापन पछि फोहोर उठाउन महानगरपालिसँग गाडी पठाइदिन अनुरोध गर्दा गर्दा नपठाएर अझ फोहोर गरिएको भन्दै मेयरको निर्देशनमा जरिवानाको प्रचार गरिएको उल्लेख गरेका छन् ।
शुक्रबार दरबारमार्गमा भएकाे एमालेकाे जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र पठाएको हो ।
फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ एक लाख रुपैयाँ जरिवाना गरिएको पत्रमा उल्लेख छ ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ लुटपाट गर्ने एक पुरुष पक्राउ
- २ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ३ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ४ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ५ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
- ६ भारत पाकिस्तान तनावबारे नेपालकाे धारणा सार्वजनिक
- ७ बागमती प्रदेशभर आज सार्वजनिक बिदा
- ८ उत्कृष्ट सुचना अधिकारी २०८२ बाट मन्थलीका सुचना अधिकारी बुढाथोकी सम्मानित
प्रतिक्रिया दिनुहोस