• काेसिस न्यूज
  • रास्वपाले दाेस्राे चरणकाे आन्दाेलन गर्दै


    राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा )  दाेस्राे चरणकाे आन्दोलन गर्ने भएकाे छ । रास्वपाले यहि मंसिर ८ गतेबाट दोस्रो चरणको आन्दोलन सुरु गर्ने घोषणा गरेको छ ।

    आइतबार पत्रकार सम्मेलन गर्दै रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले मंसिर ८ देखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने बताए ।

    उनले रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमा नराखी अनुसन्धान गर्न सकिने आधारहरु हुदा हुँदै पनि सरकारले राजनीतिक प्रतिशोध राखेर सभापति लामिछानेलाई हिरासतमा राखेकाे बताए ।

    प्रवक्ता झाले हिरासत बाहिरनै राखेर अनुसन्धान गर्न सकिने आधार भएपनि विभिन्न एक पछि अर्को मुद्दा चलाएर अनुसन्धान गर्ने भन्दै हिरासतकाे अवधि लम्ब्याइरहेको आराेप लगाए ।


    क्याटेगोरी : राजनीति, समाचार

    प्रतिक्रिया दिनुहोस