दाेरम्बाकाे पहिराे पिडित भेट्न पुगे उर्जा राज्यमन्त्री तामाङ , जाेखिममा रहेकाे बस्ति हटाउन निर्देशन

रामेछाप – उर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पुर्ण बहादुर तामाङ (कान्छाराम)दाेरम्बा शैलुङकाे पहिराे पिडित भेट्न पुगेका छन् । आइतबार दिउसाे राज्यमन्त्री तामाङ् हवाइजहाज मार्फत पहिराे पिडित भेट्न गएका हुन ।
गएराति परेकाे बर्षाका बारण दाेरम्बा शैलुङ ३ लेखर्कमा गएकाे पहिराे पिडितलाई भेटेर पिडितकाे अवस्था र क्षतिकाे अध्ययन गरेका छन् । पहिराे गएकाे स्थलमा पुगेका राज्यमन्त्री तामाङले ज्यान गुमाउनेका परिवारलाई प्रतिव्यक्ति १० हजारका दरले राहत उपलब्ध गराएका छन् । र घाइतेलाई उपचारका लागि काठमाडौ पठाएका छन् ।
त्यसैगरी राज्यमन्त्री तामाङले पहिराेका कारण जाेखिममा परेकाे बस्ति तल्काल सारेर व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।
उक्त पहिरामा परेर हालसम्म ६ जनाले ज्यान गुमाएका छन् ,एक जना घाइते भएका छन् भने ४ जना बेपत्ता भएका छन् । साे पहिराले ३ वटा घर बगाएकाे र एउटा घर पुरियाे छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ स्वास्थ्य मन्त्रालयले गर्यो विज्ञ टोली गठन, जनसंख्या ,श्रम र आप्रवासन स्वास्थ्य समितिमा डा. सैयद
- २ अपांग संघकाे केन्द्रीय अध्यक्षमा रामेछापको कल्पनाकाे उमेदवारी
- ३ आजबाट एसइई परीक्षा सुरु
- ४ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- ५ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ६ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ७ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ८ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
प्रतिक्रिया दिनुहोस