सम्मानलाई शिरमा राखेर काम गर्छु : राज्यमन्त्री तामाङ
रामेछाप – उर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पुर्ण बहादुर तामाङले आफुले पाएकाे सम्मानलाई शिरमा राखेर काम गर्ने बताएका छन् । आइतबार नेपाली कांग्रेस प्रदेश सभा खरामेछापले आयाेजना गरेकाे सम्मान तथा बधाई कार्यक्रममा उनले यस्ताे बताएका हुन ।
राज्यमन्त्री भएपछि जिल्ला आएका मन्त्रीलाई स्थानिय विभिन्न संघसंस्था तथा पार्टीले संगठनहरुले सम्मान गरेकाे छ । उक्त सम्मान ग्रहण गर्दै मन्त्री तामाङले आफुलाई प्राप्त भएकाे सम्मानलाई शिराेपर गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसैगरी प्रदेश सभा ख रामेछापले आयाेजना गरेकाे सम्मान कार्यक्रममा बाेल्दै उनले भने “पार्टी संगठनका लागि रातदिन नभनी काम गर्छु । पहिलो कुरा पार्टी कसरी बलियो बनाउने भनेर लाग्नेछु ।” त्यस्तै पार्टी बलियाे बनाउनका लागि टिमकै राजनिती गर्नुस तर एउटा टिममा बसेर काम गर्दा अर्काे टिमलाई खराब गर्ने काम गर्न नहुने भन्दै पार्टी कमजोर बनाउने काम नगर्न आग्रह गरे । उनले अझ थपे “पार्टीमा मैले भन्दा राम्रो काम गर्ने साथि आउनु भयाे भने मैले सहयाेग गर्नु पर्छ ।”म मेराे राजनितीक धर्म छाड्दिन ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस