राज्य मन्त्री तामाङलाई स्थानीयद्वारा भब्य स्वागत

उर्जा जलस्रोत तथा सिचाइ राज्यमन्त्री पुर्ण बहादुर तामाङ ( कान्छाराम) लाई जन्मस्थलमा स्थानीयद्वारा भब्य स्वागत गरेका छन् । तामाङ मन्त्री भएपछि पहिलाे पटक गाउँ पुगेका मन्त्रीलाई स्थानियहरुले भब्य स्वागत गरेकाे हाे ।
उर्जा राज्यमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक शुक्रबार साझ जन्मस्थल रामेछापको गाेकुलगंगा आफ्नै गाउँ पुगेका मन्त्री तामाङलाई स्थानीयले पञ्चेबाजा सहित फुलमाला, अबिर तथा खादा लगाएर स्वागत गर्दै सफल कार्यकालकाे शुभकामना दिए । आफ्नै गाउँकाे मन्त्री पाएपछि खुसिले गदगद भएका स्थानीयले मन्त्रीलाई सबैकाे भावनाकाे कदर गरेर काम गर्न सुझाव दिए ।

मन्त्री तामाङले सबैकाे साथ , सहयोग , सद्भाव र आशिर्वादले मन्त्री बनेकाे भन्दै सम्पुर्णलाई धन्यवाद व्यक्त गरे । त्यसैगरी मन्त्रीकाे हैसियतले काम गर्नेक्रममा कुनैपनि पार्टी ,जात र भुगाेल नभनी सबैतिर समान रुपमा विकासको लागि काम गर्ने बताए । आफ्नाे गाउँ पुगेका मन्त्री तामाङले आफू मात्र मन्त्री नभएकाे भन्दै सबैजना मन्त्री भएकाे सम्झनु भनेर खुसि समेत बाडेका थिए ।

गाउँ पुगेका मन्त्री तामाङलाई पालिका कार्यालय ,वडा कार्यालय ,विद्यालय ,सामाजिक संघ संस्था तथा स्थानियहरुले बाटाेमा गेट बनाएर घडा राखेर फुलमाला र अबिर लगाएर बधाई दिएका थिए ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ सबै तहका सरकारले लागू गर्ने
- २ प्रणवानन्द आश्रममा बालबालिकालाई पूर्ण नि:शुल्क अध्यापन
- ३ मन्थली नगरपालिका: जेष्ठमसान्त भित्र बालमैत्री नगर घाेषणा हुँदै
- ४ राष्ट्र बैंककाे गभर्नरमा डा: बिश्वनाथ पाैडेल नियुक्त
- ५ लुटपाट गर्ने एक पुरुष पक्राउ
- ६ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ७ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ८ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
प्रतिक्रिया दिनुहोस