• काेसिस न्यूज
  • दुईतिहाइ मत सहित प्रधानमन्त्री ओलीले पाए विश्वासकाे मत


    काठमाडौ – प्रधानमन्त्रीमा केपी शर्मा ओलीले दुइतिहाइ सहित लाई १८८ सांसदबाट विश्वासको मत पाएका छन् । प्रतिनिधिसभामा आज भएको मतदानमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाएकाे हुन् ।

    विश्वासको मतको मत विभाजनको बैठकमा २६३ सांसद उपस्थित थिए । प्रधानमन्त्रीको प्रस्तावको पक्षमा १८८ मत पर्‍यो  विपक्षमा माओवादी, रास्वपा, राप्रपा र नेकपा एसका ७७ सांसदले मतदान गरे । दिन्न भन्नेमा १ मत पर्‍यो ।
    यसरी प्राप्त गरेकाे मतमा प्रधानमन्त्री ओेलीका पक्षमा दुईतिहाइ सांसदकाे मत प्राप्त गरेका हन् । २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८४ मतको आवश्यक पर्छ ।

    कांग्रेसको समर्थनमा असार ३० गते प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले ३१ गते सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।

    नियुक्तिको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भए अनुसार ओलीले आइतबार विश्वासको मत लिएका हुन् ।


    क्याटेगोरी : राजनीति, समाचार

    प्रतिक्रिया दिनुहोस