विपी स्मृतिमा वृक्षारोपण

रामेछाप – रामेछापको सदरमुकाम मन्थलीमा विपिकाे ४२ ओै स्मृतिमा वृक्षारोपण गरिएकाे छ । आइतबार नेपाली कांग्रेस रामेछापकाे आयाेजनामा वृक्षारोपण गरिएकाे हाे ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछापले नेपाली कांग्रेसका संस्थापक नेता , जननायक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद काेइरालाकाे ४२ ओै स्मृतिमाका अवसरमा वृक्षरोपण गरेकमे हाे । स्मृतिका अवसरमा मन्थलीमा रहेकाे विपीकाे सालिकमा माल्यार्पण गर्नुका साथै तामाकोसी सेवा समितिकाे प्रांगणमा १०० भन्दा बढी सैजनकाे विरुवा राेपेकाे छ ।

नेपाली कांग्रेस रामेछापका महासमिति सदस्य ध्रुब ढुङ्गेलकाे प्रमुख आतिथ्यतामा भएकाे साे कार्यक्रममा नेता ढुङ्गेलले विपीकाे संझना गर्दै उनले देखाएकाे बाटाेलाई दिशा निर्देशका रुपमा लिएर अगाडि बढ्नु पर्ने बताए । त्यसैगरी काेइरालाकाे सपनालाई आत्मसाथ गरेर समयानुकूल परिमार्जन गर्दै अघिबढ्नुपर्ने आजकाे आवस्यकता रहेकाे बताए ।
नेपाली कांग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा जिल्लाका पार्टी नेता, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख एंव प्रतिनिधिहरुकाे सहभागीता रहकाे थियाे ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ लुटपाट गर्ने एक पुरुष पक्राउ
- २ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ३ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ४ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ५ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
- ६ भारत पाकिस्तान तनावबारे नेपालकाे धारणा सार्वजनिक
- ७ बागमती प्रदेशभर आज सार्वजनिक बिदा
- ८ उत्कृष्ट सुचना अधिकारी २०८२ बाट मन्थलीका सुचना अधिकारी बुढाथोकी सम्मानित
प्रतिक्रिया दिनुहोस