विपी स्मृतिमा वृक्षारोपण
रामेछाप – रामेछापको सदरमुकाम मन्थलीमा विपिकाे ४२ ओै स्मृतिमा वृक्षारोपण गरिएकाे छ । आइतबार नेपाली कांग्रेस रामेछापकाे आयाेजनामा वृक्षारोपण गरिएकाे हाे ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछापले नेपाली कांग्रेसका संस्थापक नेता , जननायक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद काेइरालाकाे ४२ ओै स्मृतिमाका अवसरमा वृक्षरोपण गरेकमे हाे । स्मृतिका अवसरमा मन्थलीमा रहेकाे विपीकाे सालिकमा माल्यार्पण गर्नुका साथै तामाकोसी सेवा समितिकाे प्रांगणमा १०० भन्दा बढी सैजनकाे विरुवा राेपेकाे छ ।

नेपाली कांग्रेस रामेछापका महासमिति सदस्य ध्रुब ढुङ्गेलकाे प्रमुख आतिथ्यतामा भएकाे साे कार्यक्रममा नेता ढुङ्गेलले विपीकाे संझना गर्दै उनले देखाएकाे बाटाेलाई दिशा निर्देशका रुपमा लिएर अगाडि बढ्नु पर्ने बताए । त्यसैगरी काेइरालाकाे सपनालाई आत्मसाथ गरेर समयानुकूल परिमार्जन गर्दै अघिबढ्नुपर्ने आजकाे आवस्यकता रहेकाे बताए ।
नेपाली कांग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा जिल्लाका पार्टी नेता, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख एंव प्रतिनिधिहरुकाे सहभागीता रहकाे थियाे ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस