सदस्यता विवाद नटुङ्ग्याए सम्म महासङ्घको निर्वाचन प्रक्रियामा प्रेस युनियन भाग नलिने
काठमाडौँ – नेपाल पत्रकार महासंघकाे सदस्यता विवाद नटुङ्ग्याए सम्म महासंघकाे निर्वाचन प्रक्रियामा नेपाल प्रेस युनियनले भाग नलिने भएकाे छ । महासंघकाे सदस्यता विवाद नटुङ्ग्याई निर्वाचन प्रक्रियामा भाग नलिने युनियनकाे जनाएको छ ।
युनियनका अध्यक्ष शिव लम्सालद्वारा शुक्रवार शुक्रबार विज्ञप्तिमा महासङ्घ नेतृत्वले युनियनसँग गरेको सदस्यता सम्बन्धी प्रतिबद्धता कार्यान्वयन नगरी एकपक्षीय रूपमा निर्वाचन प्रक्रिया अगाडि बढाए निर्वाचनमा भाग नलिने र चरणबद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छ ।
‘युनियनले उठाएका समस्यालाई बेवास्ता गरेर अघि बढेमा त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिको जिम्मेवार स्वयं महासङ्घको नेतृत्व हुनेछ’ विज्ञप्तिमा भनिएको छ ।
सदस्यता विवादलाई विधान अनुसार टुङ्ग्याउन महासङ्घको नेतृत्वले उदासीनता देखाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै लम्सालले शाखा र प्रदेशले सिफारिस गरेका सदस्यलाई हटाएर महासङ्घको केन्द्रीय समितिले कुनै संरचनाले सिफारिस नगरेका गैर पत्रकारलाई समावेश गरेर सार्वजनिक गरिएको मतदाता नामावलीप्रति युनियनले यसअघिकै असहमति रहेकाे समेत उल्लेख गरेका छन् ।
‘युनियनले असार ९ गते पत्रकार महासङ्घको सदस्यता विवाद लगायतका समस्या सम्बोधन गरेर निर्वाचनको वातावरण तयार गर्न आग्रह गर्दै ५ बुँदे माग सहित २४ घण्टे ध्यानाकर्षण गराएको स्मरण गराउन चाहन्छौं’ विज्ञप्तिमा भनिएको छ, ‘तत् पश्चात् असार १० गते महासङ्घको नेतृत्वले महासङ्घका शाखा र प्रदेश समितिले सिफारिस गरेका तथा छुटेका सदस्यलाई समेत समावेश गरी अन्तिम मतदाता नामावली सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।’
निर्वाचनका लागि मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने समय घर्किन लाग्दा समेत महासङ्घ नेतृत्वले युनियनसँग कुनै संवाद नगरी बेवास्ता गरेर एकपक्षीय रूपमा निर्वाचन प्रक्रिया अघि बढाउने प्रयत्न गरेकोमा युनियनले आपत्ति जनाएको छ ।
युनियनले सदस्यताका लागि केन्द्रीय निर्वाचन समितिमा दिएको आवेदनको उजुरीलाई समेत बेवास्ता गरी जिल्ला तथा प्रदेश समितिलाई धम्कीपूर्ण पत्रमार्फत निर्वाचन समिति गठन गर्न निर्देशन दिएर महासङ्घ जस्तो लोकतान्त्रिक संस्थाले अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाएको छ ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस