नेकपा एमाले रामेछापकाे अध्यक्षमा कडरिया , सचिवमा कार्की

रामेछाप – नेकपा एमाले रामेछापको अध्यक्षमा पुरुषाेत्तम कडरिया र सचिवमा प्रकाश कार्की निर्विरोध निर्वाचित भएका छन् । एमाले रामेछापकाे नवाैं जिल्ला अधिबेशनमा अध्यक्षमा कडरिया र सचिवमा कार्की निर्विरोध चयन भएका हुन् ।
उपाध्यक्षमा हाेतराज ढकाल ३ सय १० मत सहित निर्वाचित भएका छन् भने , प्रतिशप्रर्धी ध्रबकुमार कार्कीले २ सय ८७ मत प्राप्त गरेका थिए । त्यस्तै रमेश कुमार वाग्लेले ४७ मत र ज्ञानबहादुर खड्काले ३१ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपसचिव खुल्लामा मिलन कुमार घिसिङ ५ सय ९ मत प्राप्त गर्दै निर्वाचित भएका छन् भने प्रतिस्पर्धी दिनेश सुवेदीले १ सय १८ र राजेन्द्र कुमार कार्कीले ४८ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपसचिव महिलामा मखमली श्रेष्ठ ४ सय ४० मत सहित निर्वाचित भएकी छिन् भने उनको प्रतिस्पर्धी अनिता तामाङ राईफे ८०,कमला शर्मा क्षेत्रीले ७८ र मञ्जुमाया कार्कीले ७७ मत प्राप्त गरेकी छिन् ।
त्यसैगरी लेखा कमिटी अध्यक्षमा रामप्रसाद देवकोटा सर्वसहमतीबाट चयन भएका छन् । उक्त कमिटीको उपाध्यक्षमा तेजबहादुर बाेहाेरा र सचिवमा तिलक कार्की चयन भएका छन् ।
अधिबेशन एमालेका उपाध्यक्ष बिष्णु पाैडेलले बुधबार उद्घाटन गरेका थिए । अधिबेशनमा जम्मा ७ सय प्रतिनिधि थिए । जसमध्ये ६ सय ७५ जनाले मतदान गरेका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ स्वास्थ्य मन्त्रालयले गर्यो विज्ञ टोली गठन, जनसंख्या ,श्रम र आप्रवासन स्वास्थ्य समितिमा डा. सैयद
- २ अपांग संघकाे केन्द्रीय अध्यक्षमा रामेछापको कल्पनाकाे उमेदवारी
- ३ आजबाट एसइई परीक्षा सुरु
- ४ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- ५ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ६ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ७ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ८ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
प्रतिक्रिया दिनुहोस