व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्न जनप्रतिनिधिलाई आग्रह
दाेलखा- नेपाली कांग्रेसका उपसभापति पुर्ण बहादुर खड्काले जनप्रतिनिधिहरुलाइ व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्न आग्रह गरेका छन् । नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागले शुक्रबार चरिकोटमा आयाेजना गरेकाे प्रशिक्षण कार्यक्रममा उपसभापति खड्काले यस्ताे बताएका हुन ।
कार्यक्रममा उपसभापति खड्काले जनप्रतिनिधि पार्टी र जनाताकाे प्रतिनिधि भएकाले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्ने बताएका हुन । उनले कार्यक्रममा जनप्रतिनिधिलाई जनप्रतिनिधि हुनु भन्दा पहिले जनप्रतिनिधिमा निर्वाचित गराउनका लागि पार्टीका हजाराै कार्यकर्ताले पसिना बगाएकाे कुरा भुल्न नहुने बताए । त्यस्तै जनप्रतिनिधिले नै संगठन बनाउने भएकाले विकासका विभिन्न चरणहरुमा पार्टीसँग सल्लाह गरेर काम गर्न आग्रह गरे । जनप्रतिनिधिले पार्टीसँग सल्लाह नगरि काम गर्दा
जनप्रतिनिधि र पार्टी बिच सम्बन्ध बिग्रने भएकाले संगठन विस्तारमा समस्या हुने भएकाले पार्टी कमजाेर हेन पुग्ने भएकाले जनप्रतिनिधि र पार्टी बिच तत् -तत् निकायमा समन्वय र सल्लाह गरेर अघि बढ्न समेत आग्रह गरे ।

त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ् शेर्पाले पार्टीले सरकारमा पटक -पटक एउटै व्यक्ति पठाउने गर्नाले संगठन कमजाेर हुन पुगेकाे बताए । उनले सधै एउटै व्यक्ति अवसर पाइराख्नेफर नयाँका लागि अवसर नदिनाले संगठन बलियाे हुन नसकेकाे बताए । त्यस्तै अनुशासन समितिले प्रयाप्त रुपमा कारबाही र पुरस्कारकाे व्यवस्था गर्न नसकेकाे भन्दै अनुशासन समितिकाे काम नदेखिएको बताए ।
यसैगरी कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँले सबै तहका जनप्रतिनिधिसँग जनता निराश भएकाे बताएउदै उनले भने जनताले विकास र समृद्धिसँगै सुशासन र जवाफदेही जनप्रतिनिधि चाहेकाे बताए । त्यसैले विज्ञहरुले यश कार्यक्रम मार्फत प्रशिक्षण दिएर पार्टी संगठन बलियाे बनाउने गरि काम गर्न जनप्रतिनिधिलाई दिशानिर्देश गर्न सहयाेष पुग्ने बताए ।
त्यसैगरी कार्यक्रममा कांग्रेस नेता जगदीश नर्सिङ केसिले
पार्टीकाे संगठन निर्माण गर्ने भनेकै जनप्रतिनिधिहरुले सबैकाे भावना समेटेर काम गर्न जनप्रतिनिधिलाई आग्रह
गरे ।

यसैगरी नेपाली कांग्रेस दाेलखा जिल्ला सभापति बर्मा लामाले कांग्रेस भित्र धेरै समस्या भएकाे र ती समस्याकाे उजागर गर्दै प्रशिक्षण कार्यक्रमले न्युनिकरण गर्न सहयाेग पुग्ने बताए । उनले प्रशिक्षण कार्यक्रममा जनगुनासाेहरुकाे विषयमा पनि छलफल हुनपर्ने बताए ।
नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागले दाेलखाकाे चरिकोटमा आयाेजना गरेकाे प्रदेश अन्तर्गतका जनप्रतिनिधिका लागि राखिएकाे प्रशिक्षण कार्यक्रम दुइ दिन सम्म संचालन हुने छ । कार्यक्रममा बागमती प्रदेशका सबै तहका जनप्रतिनिधिहरु , प्रदेश कार्यसमितिका नेताहरुकाे ३ सय भन्दा बढिकाे सहभागी रहेकाे छ ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- २ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ३ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ४ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ५ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ६ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ७ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ८ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय













प्रतिक्रिया दिनुहोस