• काेसिस न्यूज
  • व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्न जनप्रतिनिधिलाई आग्रह


    दाेलखा- नेपाली कांग्रेसका उपसभापति पुर्ण बहादुर खड्काले जनप्रतिनिधिहरुलाइ व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्न आग्रह गरेका छन् । नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागले शुक्रबार चरिकोटमा आयाेजना गरेकाे प्रशिक्षण कार्यक्रममा उपसभापति खड्काले यस्ताे बताएका हुन ।

    कार्यक्रममा उपसभापति खड्काले जनप्रतिनिधि पार्टी र जनाताकाे प्रतिनिधि भएकाले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्ने बताएका हुन । उनले कार्यक्रममा जनप्रतिनिधिलाई जनप्रतिनिधि हुनु भन्दा पहिले जनप्रतिनिधिमा निर्वाचित गराउनका लागि पार्टीका हजाराै कार्यकर्ताले पसिना बगाएकाे कुरा भुल्न नहुने बताए । त्यस्तै जनप्रतिनिधिले नै संगठन बनाउने भएकाले विकासका विभिन्न चरणहरुमा पार्टीसँग सल्लाह गरेर काम गर्न आग्रह गरे । जनप्रतिनिधिले पार्टीसँग सल्लाह नगरि काम गर्दा
    जनप्रतिनिधि र पार्टी बिच सम्बन्ध बिग्रने भएकाले संगठन विस्तारमा समस्या हुने भएकाले पार्टी कमजाेर हेन पुग्ने भएकाले जनप्रतिनिधि र पार्टी बिच तत् -तत् निकायमा समन्वय र सल्लाह गरेर अघि बढ्न समेत आग्रह गरे ।

    त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ् शेर्पाले पार्टीले सरकारमा पटक -पटक एउटै व्यक्ति पठाउने गर्नाले संगठन कमजाेर हुन पुगेकाे बताए । उनले सधै एउटै व्यक्ति अवसर पाइराख्नेफर नयाँका लागि अवसर नदिनाले संगठन बलियाे हुन नसकेकाे बताए । त्यस्तै अनुशासन समितिले प्रयाप्त रुपमा कारबाही र पुरस्कारकाे व्यवस्था गर्न नसकेकाे भन्दै अनुशासन समितिकाे काम नदेखिएको बताए ।

    यसैगरी कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँले सबै तहका जनप्रतिनिधिसँग जनता निराश भएकाे बताएउदै उनले भने जनताले विकास र समृद्धिसँगै सुशासन र जवाफदेही जनप्रतिनिधि चाहेकाे बताए । त्यसैले विज्ञहरुले यश कार्यक्रम मार्फत प्रशिक्षण दिएर पार्टी संगठन बलियाे बनाउने गरि काम गर्न जनप्रतिनिधिलाई दिशानिर्देश गर्न सहयाेष पुग्ने बताए ।

    त्यसैगरी कार्यक्रममा कांग्रेस नेता जगदीश नर्सिङ केसिले
    पार्टीकाे संगठन निर्माण गर्ने भनेकै जनप्रतिनिधिहरुले सबैकाे भावना समेटेर काम गर्न जनप्रतिनिधिलाई आग्रह
    गरे ।


    यसैगरी नेपाली कांग्रेस दाेलखा जिल्ला सभापति बर्मा लामाले कांग्रेस भित्र धेरै समस्या भएकाे र ती समस्याकाे उजागर गर्दै प्रशिक्षण कार्यक्रमले न्युनिकरण गर्न सहयाेग पुग्ने बताए । उनले प्रशिक्षण कार्यक्रममा जनगुनासाेहरुकाे विषयमा पनि छलफल हुनपर्ने बताए ।

    नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागले दाेलखाकाे चरिकोटमा आयाेजना गरेकाे प्रदेश अन्तर्गतका जनप्रतिनिधिका लागि राखिएकाे प्रशिक्षण कार्यक्रम दुइ दिन सम्म संचालन हुने छ । कार्यक्रममा बागमती प्रदेशका सबै तहका जनप्रतिनिधिहरु , प्रदेश कार्यसमितिका नेताहरुकाे ३ सय भन्दा बढिकाे सहभागी रहेकाे छ ।


    क्याटेगोरी : राजनीति, समाचार

    प्रतिक्रिया दिनुहोस