ट्रेड युनियनलाई मजदुरकाे समस्या बुझेर काम गर्न सभापति तामाङकाे आग्रह

रामेछाप – नेपाली कांग्रेस रामेछापका सभापति एंव संघिय सांसद पुर्ण बहादुर तामाङ (कान्छाराम)ले ट्रेड युनियनहरुले मजदुरकाे समस्या बुझेर काम गर्नुपर्ने बताएका छन् । बुधबार अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे अवसरमा सांसद तामाङले यस्ताे बताएका हुन ।
नेपाल ट्रेड युनियन कांग्रेस रामेछापले बुधबार १३५ ओैं अन्तरास्ट्रिय श्रमिक दिवसका अवसरमा मन्थलीमा आयाेजना गरेकाे दिपप्रज्वलन कार्यक्रममा कांग्रेस सभापति तामाङले ट्रेड युनियनले सबै भन्दा तल्ताे तहमा बसेर काम गर्ने श्रमिकहरुकाे समस्या बुझेर काम गर्नु पर्ने बताएका हुन् । उनले सडकमा , हाेटलहरुमा र दैनिक ज्याला मजदुरी गर्नेहरुकाे समस्या बुझेर उनिहरुकाे अधिकार र हितका लागि ट्रेड युनियनले आवस्यक पहल कदमी गर्नु पर्ने बताए ।

ट्रेड युनियनले दिवसका अवसरमा श्रमिक आन्दोलन दिवंगत भएकाहरुकाे संझना र श्रमिककाे अधिकार स्थापित भएकाे संझनामा मन्थलीकाे देवकाेटा चाेकमा दिप प्रज्वलन गरेकाे हाे ।
कार्यक्रम नेपाली कांग्रेसका सभापति एंव संघिय सांसद पुर्ण बहादुर तामाङ (कान्छाराम) काे प्रमुख आतिथ्यता तथा ट्रेड युनियन कांग्रेस रामेछापका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको अध्यक्षतामा भएकाे थियाे । कार्यक्रममा ट्रेड युनियनमा आबद्ध श्रमिक संघ संस्थाहरुकाे प्रतिनिधि , कांग्रेस नेताहरुकाे सहभागीता रहेकाे थियाे ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ सबै तहका सरकारले लागू गर्ने
- २ प्रणवानन्द आश्रममा बालबालिकालाई पूर्ण नि:शुल्क अध्यापन
- ३ मन्थली नगरपालिका: जेष्ठमसान्त भित्र बालमैत्री नगर घाेषणा हुँदै
- ४ राष्ट्र बैंककाे गभर्नरमा डा: बिश्वनाथ पाैडेल नियुक्त
- ५ लुटपाट गर्ने एक पुरुष पक्राउ
- ६ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ७ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ८ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
प्रतिक्रिया दिनुहोस