नेपाली कांग्रेस मन्थली नगरपालिकाकाे वडा सम्मेलन स्थगित
रामेछाप – नेपाली कांग्रेस मन्थली नगरपालिका अन्तर्गतका वडाहरुमा संचालन हुने भनिएको वडा सम्मेलन स्थगित भएकाे छ । यहि २० गतेदेखि २६ गते सम्म संचालन हुने भनिएकाे सम्मेलन स्थगित भएकाे हाे ।
नेपाली कांग्रेस मन्थली नगरपालिकाले एक सुचना जारी गर्दै सम्मेलन स्थगित भएकाे जनाएकाे छ । नगरपालिका कार्यसमितिका सचिव रमेश काफ्लेकाे हस्ताक्षरमा बुधबार सार्सार्वजनिक भएकाे सुचनामा नगरपालिका सभापति शंखर अधिकारीकाे स्वास्थ्यमा समस्या आएका कारण सम्मेलन तत्काललाई स्थगित गरिएकाे उल्लेख छ ।
नेपाली कांग्रेसकाे सांगठनिक अवस्था तथा जनगुनासाेलाई सम्बाेधन गर्ने र संगठनलाई मजबुत बनाउनका लागि सुझाव संकलन गरेर पार्टीकाे गतिविधि अगाडी बढाउने हेतुले हुन लागेकाे उक्त सम्मेलन अर्काे सुचना नआए सम्मका लागि स्थगित गरिएकाे जारी सुचनामा उल्लेख छ ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस