नेपाली कांग्रेस मन्थली नगरपालिकाकाे वडा सम्मेलन स्थगित

रामेछाप – नेपाली कांग्रेस मन्थली नगरपालिका अन्तर्गतका वडाहरुमा संचालन हुने भनिएको वडा सम्मेलन स्थगित भएकाे छ । यहि २० गतेदेखि २६ गते सम्म संचालन हुने भनिएकाे सम्मेलन स्थगित भएकाे हाे ।
नेपाली कांग्रेस मन्थली नगरपालिकाले एक सुचना जारी गर्दै सम्मेलन स्थगित भएकाे जनाएकाे छ । नगरपालिका कार्यसमितिका सचिव रमेश काफ्लेकाे हस्ताक्षरमा बुधबार सार्सार्वजनिक भएकाे सुचनामा नगरपालिका सभापति शंखर अधिकारीकाे स्वास्थ्यमा समस्या आएका कारण सम्मेलन तत्काललाई स्थगित गरिएकाे उल्लेख छ ।
नेपाली कांग्रेसकाे सांगठनिक अवस्था तथा जनगुनासाेलाई सम्बाेधन गर्ने र संगठनलाई मजबुत बनाउनका लागि सुझाव संकलन गरेर पार्टीकाे गतिविधि अगाडी बढाउने हेतुले हुन लागेकाे उक्त सम्मेलन अर्काे सुचना नआए सम्मका लागि स्थगित गरिएकाे जारी सुचनामा उल्लेख छ ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ पत्रकार पाठकलाई तत्काल पक्राउ नगर्न अदालतकाे अल्पकालीन आदेश
- २ भावुक स्टाटस लेखेर सम्पर्क बिहिन भएका डा: श्रेष्ठ शकुसल फेला
- ३ महिलाहरुका लागि सशक्तीकरण तथा सचेतना कार्यक्रम
- ४ वैदेशिक राेजगारीका क्रममा ठगिमा परेकाले सामीकाे पहलमा पाए ५१ लाख ३६ हजार
- ५ अहमदाबाद विमानस्थलबाट लण्डनका लागि उडान विमान दुर्घटना
- ६ विपद पूर्व तयारी तथा उद्वारकाे पूर्व अभ्यास प्रदर्शन
- ७ मन्थलीका सबै वडा एकैसाथ बालमैत्री घाेषणा : दिगाेपनाका लागि निरन्तरता दिने प्रतिबद्धता
- ८ रामेछाप नगरकाे सबै वडा एकैदिन बालमैत्री घाेषणा
प्रतिक्रिया दिनुहोस