• काेसिस न्यूज
  • कांग्रेसले मति सुधार्नु पर्छ : कांग्रेस नेता गाैतम


    रामेछाप – नेपाली कांग्रेसका केन्द्रीय सदस्य ,संघिय सांसद एंव पुर्व मन्त्री संजय गाैतमले कांग्रेसले आफ्नाे मति सुधार्नु पर्ने बताएका छन् । नेपाली कांग्रेस रामेछाप नगरकाे प्रथम सम्मेलनलाई सम्बाेधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि कांग्रेस नेता गाैतमले कांग्रेसले आफ्नाे गति र मति सुधार्नु पर्ने बताए ।

    कार्यक्रममा बाेल्दै कांग्रेस केन्द्रीय सदस्य गाैतमले
    चुनावमा गठबन्धन गरेर ठुलाे भुल गरेकाे बताए । उनले सरकारमा बनाउन गठबन्धन गर्न सकिने भएपनि चुनावमा भने गठबन्धन गर्न नहुने तर्क गर्दै भने चुनावमा गठबन्धन गरेर कांग्रेसले ठुलाे भुलका गरेकाे र त्यसकाे दुषपरिणाम कांग्रेसले बेहाेरिरहेबाे बताए । त्यसैगरी जनतामा आशा जगाउनु पर्ने बेला आएकाे बताएका छन् । सरकारकाे गतिविधिले जनतामा निराशा छाएकाे भन्दै यस्ताे बेला कांग्रेसले जनतामा आशा जगाउने गतिविधि गर्नुपर्ने बताएका हुन ।

    यसैगरी सम्मेलनमा नेपाली कांग्रेस रामेछापका सभापति एंव संघिय सांसद पुर्ण बहादुर तामाङ (कान्छाराम)ले रामेछाप नगरपालिकाबाट प्राप्त भएकाे मतकाे उच्च कदर गर्दै
    रामेछाप नगरपालिकालाई पहिलाे प्राथमिकतामा राखेर काम गर्ने बताए ।

    कार्यक्रम रामेछाप नगरपालिकाका प्रमुख एंव निवर्तमान पार्टी सभापति प्रमुख लवश्री न्याैपानेले पार्टीका साथिहरुलाई रामेछाप नगरकाे विकासका लागि उपयुक्त याेजनाहरु बनाएर दिन आग्रह गर्दै उक्त याेजनाका आधारमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नगरकाे समग्र विकासकम लागि पार्टी साथिहरुकाे सुझावलाई आत्मसात गरेर अघिबढ्ने पनि बताए ।

    यसैगरी कार्यक्रममा महासमिति सदस्यहरु रत्न कार्की , नरबहादुर थापामगर, कुमारी हायू, उपसभापति लेख बहादुर कार्की , जिल्ला कार्यसमिति सदस्य एंव जिल्ला समन्वय समितिकि प्रमुख चिना खड्का , प्रदेश सभा (क) का क्षेत्रिय सभापति निरज खड्का लगाएतले सम्मेलनमा सफलताको शुभकामना दिएका थिए ।


    क्याटेगोरी : राजनीति, समाचार

    प्रतिक्रिया दिनुहोस