नेका बागमती प्रदेशकाे शुभेच्छुक संस्था समन्वय विभाग प्रमुखमा रामेछापका घिमिरे मनाेनित

काठमाडौ – नेपाली कांग्रेस बागमती प्रदेशकाे शुभेच्छुक संस्था समन्वय विभाग प्रमुखकाे जिम्मेवारीमा रामेछापका उज्ज्वलराम मनाेनित भएका छन् । प्रदेश सभापति इन्द्रबहादुर बानियाँले शनिबार एक समारोहका बिच मनाेनित गरेकाे पत्र हस्तान्तरण गर्दै घिमिरेलाई विभाग प्रमुखकाे जिम्मेवारी प्रदान गरेका हुन् ।
नेपाली कांग्रेस बागमती प्रदेशकाे पत्रकाे चलानी नम्बर ४८९ ।०८०।०८१ काे पत्र अनुसार घिमिरेलाई समन्वय विभाग प्रमुखमा मनाेनित गरि जिम्मेवारी प्रदान गरिएकाे हाे । घिमिरेलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा १३ (१०)झ बमोजिम उक्त जिम्मेवारीमा प्रदान गरिएकाे छ ।
उक्त विभाग प्रमुखले नेपाली कांग्रेसका बागमती प्रदेश अन्तर्गतका विभिन्न शुभेच्छुक संस्थाहरुसँग समन्वय गरि संस्थाहरुलाई चुस्त दुरुस्त संचालन गर्न , संस्थाहरुलाई क्रियाशील बनाउन विस्तार गर्न कुनैपनि गतिविधि संचालनका लागि सहजिकरण गर्ने उदेश्यले उक्त जिम्मेवारीमा घिमिरेलाई जिम्मेवारी प्रदान गरेकाे छ हाे ।
शुभेच्छुक संस्था समन्वय विभाग प्रमुखमा मनाेनित भएका घिमिरे नेपाली कांग्रेस बागमति प्रदेश समितिकाे निर्वाचित सदस्य हुन ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- २ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ३ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ४ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ५ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
- ६ मन्थली क्याम्पसकाे स्ववियु निर्वाचनकाे अन्तिम मतदाता नामावली प्रकाशन
- ७ रामेछापमा डेरी एसाेसिएसन गठन , अध्यक्षमा भानु
- ८ महिला दिवसमा मन्थलीमा विविध कार्यक्रम
प्रतिक्रिया दिनुहोस