• काेसिस न्यूज
  • प्रचण्डले आफ्नै कार्यकर्तालाई धाेका दिए : काँग्रेस नेता राणा


    रामेछाप – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव संघिय सांसद उदय शमशेर राणाले आफ्नै कार्यालयलाई प्रधानमन्त्री पुष्प कलरमल दाहाल (प्रचण्ड)ले धाेका दिएकाे बताए । नेपाल तरुण दल रामेछापको शुक्रबार मन्थलीमा भएकाे जिल्ला सम्मेलनलाई सम्बाेधन गर्दै नेता राणाले प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई मात्र नभएर आफ्नै कार्यकर्ता समेत धाेका दिएकाे बताए ।

    कार्यक्रममा कांग्रेस नेता राणाले प्रधानमन्त्री प्रचण्डलाई गठबन्धन परिवर्तन गर्ने स्वतन्त्रता भएकाे भएपनि निर्वाचनका बेला कांग्रेसकाे मत लिएर माओवादीका नेता र माओवादीकाे मत लिएर कांग्रेस नेताले चुनाव जितेकाे बताउदै उनले भने चुनावकाे बेला आफ्नै कार्यकर्तालाई दिएकाे आस्वाशन माथी कुठाराघात गर्दै गठबन्धन परिवर्तन गरेर प्रचण्डले आफ्नै कार्यकर्तालाई समेत धाेका दिएकाे बताए ।

    त्यसैगरी गठबन्धन प्रति कांग्रेस इमानदार हुदा हुँदै पनि प्रचण्डले छेपाराेले भन्दा पनि छिटाे रङ्ग फेरे झै गरेर गठबन्धन फेर्न पुगेकाे उदृत गर्दै भने बाहिर गठबन्धन टुट्दैन भन्दै भित्रभित्रै गठबन्धन फेर्न पुगेकाे आरेाप लगाए । त्यसै सन्दर्भमा नेता राणाले भने , प्रचण्डलाई अर्थमन्त्रीले जथाभावी बजेट बाड्न नदिएपछि गठबन्धन फेर्न पुगेका हुन् । देश आर्थिक संकटमा भएकाे कर्मचारी तलब सम्म खुवाउन नसक्ने अवस्था सिर्जना भएका बेला प्रचण्डले विभिन्न बाहानामा अनावश्यक बजेट बाड्न खाेजेपछि गठबन्धनमा खटपट सुरु भएकाे समेत उल्लेख गरे।

    कार्यक्रममा लामाे समयदेखि हुन नसकेको तरुण दलकाे अधिबेशन तत्काल गर्न र निष्पक्ष रुपमा अधिबेशन गराउन तरुणदलकाे नेतृत्वलाई समेत अनुराेध गरे ।


    क्याटेगोरी : राजनीति, समाचार

    प्रतिक्रिया दिनुहोस