पुर्व गाविस अध्यक्ष स्व:कार्कीकाे सालिक अनावरण
रामेछाप – मन्थली नगरपालिका १० साविककाे चनखु गाउँ विकास समितिका पूर्व अध्यक्ष स्वर्गीय रामबहादुर कार्कीको सालिक अनावरण गरिएको छ । बुधबार स्वर्गीय कार्कीकाे सालिक नेपाली कांग्रेसका रामेछापका पुर्व सभापति रामचन्द्र खड्काले अनावरण गरेकाे हाे ।
स्वर्गीय कार्कीकाे सालिक परिवारकाे निजि लगानीमा निर्माण सम्पन्न भएकाे हाे । स्वर्गीय कार्कीकाे तेस्राे पुण्य तिथिकाे अवसर नेपाली कांग्रेस रामेछापका पुर्व सभापति रामचन्द्र दड्का , बागमती प्रदेश सदस्य अर्जुन कुमार केसिले संयुक्त सालिक अनावरण गरेका हुन ।
सालिक अनावरणमा बाेल्दै नेपाली कांग्रेस रामेछापका पुर्व सभापति खड्काले तत्कालीन अवस्थामा स्वर्गीय कार्कीले कांग्रेस पार्टीमा दिएकाे याेगदानलाई पार्टीले भुल्न नहुने भताए । त्यस्तै कांग्रेस बागमती प्रदेश सदस्य अर्जुन कुमार केसिले कार्कीकाे याेगलानकाे चर्चा गर्दै उनकाे याेगदानलाई पार्टीले उपयुक्त मुल्यांकन गर्न नसकेकाेमा दुखेसाे गरे ।
स्वर्गीय कार्कीले वि.स.२०४९ सालमा ६८ वर्षको उमेरमा नेपाली काँग्रेसबाट गाविस अध्यक्ष भएर गाविसको नेतृत्व सम्हालेका थिए । कार्कीकाे जन्म वि.सं.१९८१ साल भाद्र १९ गते जन्मिएका कार्कीको २०७७ साल चैत्र ०४ गते ९६ वर्षको उमेरमा निधन भएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदेश सदस्य जितबहादुर मगर ,जिल्ला कार्यसमिति उपसभापति नवराज थोकर, सचिव विनोद कार्की, महाधिवेशन प्रतिनिधिहरू भरत चौलागाई, झपडराज भण्डारी, युवराज भट्टराई ,
पूर्व पार्टी प्रवक्ता नारायण बोगटी लगायत नेपाली काँग्रेसका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस