चैत्र ३ गते रामेछापमा तरुण सम्मेलन हुने

रामेछाप – नेपाल तरुण दल रामेछापले यहि चैत्र ३ गते रामेछापमा ‘तरुण जिल्ला सम्मेलन’ गर्ने भएको छ । तरुण दल रामेछापकाे शनिबार मन्थलीमा बसेकाे बैठकले सम्मेलन गर्ने निर्णय गरेकाे हाे ।
बिपी स्मृति भवन मन्थलीमा तरुण दल रामेछापका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) को अध्यक्षतामा बसेकाे उक्त बैठकले तरुण जिल्ला सम्मेलन गर्ने निर्णय गरेकाे तरुण दल रामेछापका सह सचिव जीवन कार्कीले जानकारी दिए । बैठकमा केन्द्रीय सदस्यहरू जितेन्द्र खड्का, सौरव केसी, योगेश श्रेष्ठ र रमेश खड्का सहित जिल्ला कार्यसमितिकाे पदाधिकारी , सदस्य तथा तरुण नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।
उक्त सम्मेलनले तरुण नेता तथा तरुण दललाई सक्रिय बनाउन र संगठनलाई चलाएमान बनाउन सहयोग पुग्ने विश्वास तरुणदलले लिएकाे तरुण दल रामेछापका अध्यक्ष काजिबहादुर खड्का (दिनेश) ले बताए ।
यश तरुण सम्मेलनमा जिल्लाका सबै तहका तरुण नेताहरुकाे सहभागीता रहनेछ भने सम्मेलनमा तरुण दलकाे अवस्था ,भावी कार्ययोजना तथा कार्यक्रमहरुका विषयमा वृहत् छलफल हुने तरुण दल रामेछापका सहसचिव कार्कीले जानकारी दिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ आजबाट एसइई परीक्षा सुरु
- २ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- ३ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ४ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ५ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ६ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
- ७ मन्थली क्याम्पसकाे स्ववियु निर्वाचनकाे अन्तिम मतदाता नामावली प्रकाशन
- ८ रामेछापमा डेरी एसाेसिएसन गठन , अध्यक्षमा भानु
प्रतिक्रिया दिनुहोस