अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री खड्का घाना प्रस्थान
काठमाडौँ- उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का संयुक्त राष्ट्र संघको आयोजना हुन गइरहेको अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन आज घाना प्रस्थान गरेका छन् ।
संयुक्त राष्ट्र संघले प्रत्येक वर्ष आयोजना गर्ने सम्मेलन यसपटक अफ्रिकी राष्ट्र घानाको राजधानी आक्रामा यही डिसेम्बर ५ देखि ६ तारिखसम्म हुन गइरहेको सम्मेलनमा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काले नेपाली प्रतिनिधिमण्डलको नेतृत्वको गर्नेछन् ।
सम्मेलनमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा योगदान गर्ने सदस्य राष्ट्रका तर्फबाट संयुक्त राष्ट्र संघले शान्ति स्थापनालाई सहयोग पुर्याउन सक्ने विभिन्न नौ वटा क्षेत्रका प्रतिबद्धता प्रस्तुत गर्नुका साथै शान्ति स्थापनासम्बन्धी समस्या तथा चुनौती र तिनको समाधानबारे छलफल हुनेछ ।
उपप्रधानमन्त्री खड्काले नेपालका तर्फबाट सम्बोधन गर्नुका साथै प्रतिबद्धता पनि व्यक्त गर्नुहुने कार्यक्रम छ भने नेपाली टोलीका अन्य सदस्यले विभिन्न कार्यक्रममा भाग लिनुहुनेछ ।
सम्मेलनका अवसरमा उपप्रधानमन्त्री खड्कासँग संयुक्त राष्ट्र संघका उपमहासचिवहरु अतुल खारे जिन पियरर ल्याक्क्रोइक्सले शिष्टाचार भेट गर्ने कार्यक्रम छ भने अन्य मित्रराष्ट्रका रक्षा तथा सुरक्षा मन्त्रीहरुसँग भेटघाट तथा द्विपक्षीय सहयोगका विषयमा छलफल हुने कार्यक्रम रहेकाे छ ।
सम्मेलनमार्फत नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा पुर्याएको योगदानबारे चर्चा हुने र नेपालको छवी थप उच्च हुने अपेक्षा गरिएको छ । नेपालका उपप्रधानमन्त्री स्तरको नेतृत्वमा हुने सहभागितालाई संयुक्त राष्ट्र संघले उच्च महत्व दिँदै सदस्य राष्ट्रहरुका तर्फबाट वक्ताका रुपमा सहभागी गराउने गरी कार्यक्रम तय भएको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस