एमालेले मंसिरमा मध्यपहाड यात्रा गर्ने

काठमाडौं – नेकपा एमालेले मंसिरमा मध्यपहाडको यात्रा गर्ने भएकाे छ । एमालेले मध्यमंसिरमा मध्यपहाडकाे यात्रा गर्ने भएकाे हाे
यसअघि एमालेले २०७३ सालको फागुन २१ गते देखि महेन्द्र राजमार्ग मार्फत मधेसको भूगोलमा मेची महाकालीको यात्रा गरेको थियाे । त्यसैगरी आगामी मंसिरमा एमालेले पुष्पलाल लोकमार्ग मार्फत मध्य पहाड यात्रा गर्ने भएको छ ।
एमालेकाे बुधबार केन्द्रीय सचिवालयको बैठकले मंसिर १४ गते देखि तीन साता यात्रा गर्ने निर्णय गरेको उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिएका छन् । ज्ञवालीकाे अनुसार यात्राकाे नारा ‘झुलाघाट– चिवा भञ्ज्याङ,समृद्धिका लागि संकल्प यात्रा’ रहेकाे छ । यो यात्रा पुष्पलाल लोकमार्ग (मध्यपहाडी राजमार्ग)को पश्चिमी सुरुवाती विन्दु बैतडीको झुलाघाटबाट मंसिर १४ गते विहान ८:३0 बजेबाट सुरु हुनेछ ।
उपमहासचिव ज्ञवालीका अनुसार एमालेले आयोजना गरेको यात्रामा मध्यपहाडबाट भइरहेको बाह्य बसाँइसराइ कम गर्न बहस चलाउनेछ । मध्यपहाडी लोकमार्गमा निर्माण गर्ने भनिएका ठूला सहरहरुकाे काम चाँडो सम्पन्न गर्न दबाब दिने । यस्तै मध्यपहाडको जलस्रोत,जडिबुटी जस्ता प्राकृतिक स्रोतको पहिचान र परिचालनका लागि बहस चलाउने र ध्यपहाडको समृद्धिका सम्भावना पहिल्याउन यात्रा सहयोगी बन्ने एमालेले जनाएको छ ।
।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ प्रणवानन्द आश्रममा बालबालिकालाई पूर्ण नि:शुल्क अध्यापन
- २ मन्थली नगरपालिका: जेष्ठमसान्त भित्र बालमैत्री नगर घाेषणा हुँदै
- ३ राष्ट्र बैंककाे गभर्नरमा डा: बिश्वनाथ पाैडेल नियुक्त
- ४ लुटपाट गर्ने एक पुरुष पक्राउ
- ५ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ६ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ७ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ८ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
प्रतिक्रिया दिनुहोस