कांग्रेस महासमितिकाे बैठक सर्याे
नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मंसिर १३ देखि १५ मा हुने भनिएको महासमिति बैठक सरेकाे हाे ।
कात्तिक १७ गतेकाे मध्येरातमा जाजरकोट र रुकुममा गएको भूकम्पबाट भएको क्षतिलाई गम्भीर र दु:खद घटनाका रुपमा लिँदै कार्य सम्पादन समितिकाे बैठकले निर्णय गरेकाे हाे । उक्त बैठकले भुकम्पबाट प्रभावितलाई उद्धार,राहत र पुनर्स्थापनाका लागि सरकारकाे ध्यानाकर्षण गराउने निर्णय समेत गरेकाे छ ।
यसैगरी कांग्रेसले तिहार अगाडि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ । कांग्रेसले महासमितिको अर्को बैठक मंंसिर २९ तथा पुसको १ र २ गते गर्ने निर्णय गरेको छ ।
कांग्रेसले राहत सामग्री उपलब्ध गराउन र स्वास्थ्य उपचार गर्न पार्टीका तर्फबाट सदस्यले जम्मा गरेको कोषबाट ५० लाख दिने भनेर गरेकाे निर्णयलाई पनि आइतबार बसेको कार्यसम्पादन समितिकाे बैठकले अनुमोदन गरेको छ ।
‘यो रकम पर्याप्त होइन, अझैँ थप रकम पुर्याउनका लागि पार्टी संगठन भित्रका पदाधिकारी , जनप्रतिनिधिलाई पार्टीको विपद व्यवस्थापन कोषमा रकम जम्मा गर्नका लागि अपिल गर्ने भनेका छौँ’, प्रचार विभाग प्रमुख मिन विश्वकर्माले भने, ‘यही निर्णयअनुसार कांग्रेस नेता जिप छिरिङ लामाले ११ लाख र दिव्यमणि राज भण्डारीले पाँच लाख दिने निर्णय गरका छन् । ।’
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ लामिछानेका विश्वास पात्र प्रणय शमशेर राणाले छाडे रास्वपा
- २ सवारी दुर्घटनाका पिडितसँग प्रशासनकाे ११ बुदे सहमति क्षतिपूर्ति तत्काल उपलब्ध गराउन निर्देशन,
- ३ रामेछापमा भएकाे बस दुर्घटना प्रति कांग्रेस उमेदवार खड्काद्वारा शाेक व्यक्त
- ४ पिङ्खुरीका पुर्व वडाअध्यक्ष सहित ठुलाे संख्यामा एमाले परित्याग गर्दै कांग्रेस प्रवेश
- ५ टाेल – टाेलमा आयुर्वेद सेवा
- ६ रामेछापका कांग्रेस उमेदवार रामचन्द्रले सुरु गरे डिजिटल सुझाव संकलन’
- ७ निर्वाचनका लागि कांग्रेसले सातै प्रदेशमा खटायाे नेताहरू
- ८ नापी कार्यालय रामेछापको सेवा प्रवाहमा नयाँ अभ्यास, सेवाग्राहीले आफ्नाे आफै हेर्न सक्ने















प्रतिक्रिया दिनुहोस