कांग्रेस महासमितिकाे बैठक सर्याे

नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मंसिर १३ देखि १५ मा हुने भनिएको महासमिति बैठक सरेकाे हाे ।
कात्तिक १७ गतेकाे मध्येरातमा जाजरकोट र रुकुममा गएको भूकम्पबाट भएको क्षतिलाई गम्भीर र दु:खद घटनाका रुपमा लिँदै कार्य सम्पादन समितिकाे बैठकले निर्णय गरेकाे हाे । उक्त बैठकले भुकम्पबाट प्रभावितलाई उद्धार,राहत र पुनर्स्थापनाका लागि सरकारकाे ध्यानाकर्षण गराउने निर्णय समेत गरेकाे छ ।
यसैगरी कांग्रेसले तिहार अगाडि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ । कांग्रेसले महासमितिको अर्को बैठक मंंसिर २९ तथा पुसको १ र २ गते गर्ने निर्णय गरेको छ ।
कांग्रेसले राहत सामग्री उपलब्ध गराउन र स्वास्थ्य उपचार गर्न पार्टीका तर्फबाट सदस्यले जम्मा गरेको कोषबाट ५० लाख दिने भनेर गरेकाे निर्णयलाई पनि आइतबार बसेको कार्यसम्पादन समितिकाे बैठकले अनुमोदन गरेको छ ।
‘यो रकम पर्याप्त होइन, अझैँ थप रकम पुर्याउनका लागि पार्टी संगठन भित्रका पदाधिकारी , जनप्रतिनिधिलाई पार्टीको विपद व्यवस्थापन कोषमा रकम जम्मा गर्नका लागि अपिल गर्ने भनेका छौँ’, प्रचार विभाग प्रमुख मिन विश्वकर्माले भने, ‘यही निर्णयअनुसार कांग्रेस नेता जिप छिरिङ लामाले ११ लाख र दिव्यमणि राज भण्डारीले पाँच लाख दिने निर्णय गरका छन् । ।’
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ पत्रकार पाठकलाई तत्काल पक्राउ नगर्न अदालतकाे अल्पकालीन आदेश
- २ भावुक स्टाटस लेखेर सम्पर्क बिहिन भएका डा: श्रेष्ठ शकुसल फेला
- ३ महिलाहरुका लागि सशक्तीकरण तथा सचेतना कार्यक्रम
- ४ वैदेशिक राेजगारीका क्रममा ठगिमा परेकाले सामीकाे पहलमा पाए ५१ लाख ३६ हजार
- ५ अहमदाबाद विमानस्थलबाट लण्डनका लागि उडान विमान दुर्घटना
- ६ विपद पूर्व तयारी तथा उद्वारकाे पूर्व अभ्यास प्रदर्शन
- ७ मन्थलीका सबै वडा एकैसाथ बालमैत्री घाेषणा : दिगाेपनाका लागि निरन्तरता दिने प्रतिबद्धता
- ८ रामेछाप नगरकाे सबै वडा एकैदिन बालमैत्री घाेषणा
प्रतिक्रिया दिनुहोस