भुकम्प पिडितलाई कांग्रेसले ५० लाख सहयाेग गर्ने

काठमाडौ – जाजरकोट भूकम्पका पिडितलाई नेपाली कांग्रेसले ५० लाख सहयाेग गर्ने भएकाे छ । कांग्रेसले भुकप्पमा परेकाको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीको तर्फबाट ५० लाख सहयोग गर्ने भएको हाे ।
नेपाली कांग्रेसकाे केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति निकालेर सहयोग गर्ने घोषणा गरेका छन् । उक्त रकम कांग्रेसले सरकारलाई उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
शक्रबार राति मध्येरातमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय तथा भौतिक क्षति भएको छ ।
यस घटनाले समस्त नेपालीलाई मर्माहत र दु:खी बनाएको उल्लेख गर्दै कांग्रेसले यस्तो समयमा सरकार, राजनैतिक दलहरु, संघ-संस्था सबै एक भएर विपत्तिको सामना गर्न सबैमा अपील गरेको छ ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का
- २ पुण्यमाता खोलामा पक्की पुल निर्माणको लागि शिलान्यास, स्थानीय हर्षित
- ३ कांग्रेस रामेछापकाे महासमितिमा सहमतिका लागि न्याैपानेकाे संयाेकत्वमा समिति गठन
- ४ पौडेलको नेतृत्वमा जाजरकोटमा १०० अस्थायी आवास निर्माण
- ५ दुर्गा प्रसाईंलाई नजरबन्दमा राख्ने सरकारकाे तयारी
- ६ कर दिवसमा नवजागरण बचत र ओम स्टोर्स सम्मानित
- ७ नेपालगन्ज वाकाथनको तयारीलाई तिब्रता दिने
- ८ प्रसाईं समुहले प्रहरीको घेराबार ताेडेर हिडेपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार
प्रतिक्रिया दिनुहोस