चाडपर्वकाे अवसरमा कांग्रेस रामेछापको चियापान
रामेछाप – नेपाली कांग्रेस रामेछापले कोजाग्रत पुर्णिमाको अवसर चियापान दथा शुभकामना आदानप्रदान कार्यक्रम गरेकाे छ । कांग्रेस रामेछापले शनिबार विपि स्मृति भवन मन्थलीमा शनिबार चियापान कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।
नेपाली कांग्रेस रामेछापले आयाेजना गरेकाे बडा दशै, तिहार नेपाल संवत् तथा छठकाे चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम जिल्ला सभापति पुर्ण बहादुर तामाङकाे अध्यक्षतामा भएकाे थियाे । उक्त कार्यक्रममा नेकपा एमाले रामेछापका अध्यक्ष तथा प्रदेश सभा सदस्य आनन्द श्रेष्ठ, माओवादी केन्द्रका नेता तथा प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठ ,राप्रपाका जिल्ला नेता रामचन्द्र कडेल लगाएतकाे उपस्थिती रहेकाे थियाे ।
त्यसैगरी कार्यक्रममा सहभागी कांग्रेस नेताहरु कांग्रेस रामेछापका सभापति पुर्ण बहादुर तामाङ, निवर्तमान पार्टीसभापति लवश्री न्याैपाने ,महाधिवेशन प्रतिनिधि, प्रदेश महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, विभिन्न भातृसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु तथा कांग्रेसबाट निर्वाचित स्थानिय तहका जनप्रतिनिधिहरु उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा उपस्थित अतिथि तथा नेताहरुले विपिकाे तस्बिरमा माल्यार्पण गर्दै एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- २ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ३ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ४ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- ५ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ६ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ७ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ८ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान













प्रतिक्रिया दिनुहोस