रामेछापको विकासमा सबै सांसद एकहुनु पर्छ : सांसद तामाङ

रामेछाप – संघिय सांसाद तथा नेपाली कांग्रेस रामेछापका सभापति पुर्ण बहादुर तामाङ कान्छारामले रामेछापकाे विकासका लागि जिल्लाका सबै सांसदहरु एक भएर लाग्नु पर्ने बताएका छन् । शुक्रबार मन्थलीमा नेपाल प्रेस युनियन रामेछापले आयाेजना गरेकाे शुभकामना आदानप्रदान कार्यक्रममा सांसद तामाङले यस्ताे बताएका हुन ।
जिल्लाकाे विकासको सन्दर्भमा कुनै पार्टी नहेरी रामेछापका सबै सांसदहरु मिलेर विकास गर्नुपर्ने सांसाद तामाङले बताएका छन् । तामाङले आफू नेपाली कांग्रेसकाे तर्फबाट निर्वाचित भएकाे भएपनि विकासकाे काममा भने पार्टी नहेरी आवस्यकताकाे आधारमा विकास गर्ने बताएका छन् । त्यसैगरी सांसद तामाङले देशमा भएकाे समस्यालाई न्युनिकरण गर्न देशका ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले जिम्मेवार हुनुपर्ने बताए । त्यस्तै देशमा भइरहेकाे आर्थिक समस्या न्युनिकरण गर्न अनावश्यक खर्च कटौती गर्नुपर्नेमा जाेड दिएका छन् । उनले अहिले गाडी र अन्य खर्च बाहेक संघ र केन्द्रका सांसद्को नाममा मासिक ९ करोड ६० लाख बढी खर्च भइरहेको बताउँदै सांसदलाई दिदै आएको स्वकीय सचिवको सुविधा र भुमि आयाेगलाई दिएको सुबिधा समेत कटौती गर्न माग गरेका छन् ।

त्यस्तै कार्यक्रममा बाेल्दै नेकपा एमाले जिल्ला अध्यक्ष तथा प्रदेश सांसद आनन्द कुमार श्रेष्ठले देशमा परिवर्तनको संकेत देखिएकाे बताएका छन् । उनले अब राज्यको ब्यवस्थालाई ब्यबस्थित हिसाबले कसरी लाने भनेर साेच्ने बेला आएको बताएका छन् । देशले राजनितीक परिवर्तन र विकल्प खाेजिरहेकाे हुदा राजनितिक काेर्स नै परिवर्तन गर्न जरूरी रहेकाे बताए ।

नेपाल प्रेस युनियन रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ , जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख हाेम बहादुर पराजुली,पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे लगायतले शुभकामना दिएका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का
- २ पुण्यमाता खोलामा पक्की पुल निर्माणको लागि शिलान्यास, स्थानीय हर्षित
- ३ कांग्रेस रामेछापकाे महासमितिमा सहमतिका लागि न्याैपानेकाे संयाेकत्वमा समिति गठन
- ४ पौडेलको नेतृत्वमा जाजरकोटमा १०० अस्थायी आवास निर्माण
- ५ दुर्गा प्रसाईंलाई नजरबन्दमा राख्ने सरकारकाे तयारी
- ६ कर दिवसमा नवजागरण बचत र ओम स्टोर्स सम्मानित
- ७ नेपालगन्ज वाकाथनको तयारीलाई तिब्रता दिने
- ८ प्रसाईं समुहले प्रहरीको घेराबार ताेडेर हिडेपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार
प्रतिक्रिया दिनुहोस