रामेछापको विकासमा सबै सांसद एकहुनु पर्छ : सांसद तामाङ
रामेछाप – संघिय सांसाद तथा नेपाली कांग्रेस रामेछापका सभापति पुर्ण बहादुर तामाङ कान्छारामले रामेछापकाे विकासका लागि जिल्लाका सबै सांसदहरु एक भएर लाग्नु पर्ने बताएका छन् । शुक्रबार मन्थलीमा नेपाल प्रेस युनियन रामेछापले आयाेजना गरेकाे शुभकामना आदानप्रदान कार्यक्रममा सांसद तामाङले यस्ताे बताएका हुन ।
जिल्लाकाे विकासको सन्दर्भमा कुनै पार्टी नहेरी रामेछापका सबै सांसदहरु मिलेर विकास गर्नुपर्ने सांसाद तामाङले बताएका छन् । तामाङले आफू नेपाली कांग्रेसकाे तर्फबाट निर्वाचित भएकाे भएपनि विकासकाे काममा भने पार्टी नहेरी आवस्यकताकाे आधारमा विकास गर्ने बताएका छन् । त्यसैगरी सांसद तामाङले देशमा भएकाे समस्यालाई न्युनिकरण गर्न देशका ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले जिम्मेवार हुनुपर्ने बताए । त्यस्तै देशमा भइरहेकाे आर्थिक समस्या न्युनिकरण गर्न अनावश्यक खर्च कटौती गर्नुपर्नेमा जाेड दिएका छन् । उनले अहिले गाडी र अन्य खर्च बाहेक संघ र केन्द्रका सांसद्को नाममा मासिक ९ करोड ६० लाख बढी खर्च भइरहेको बताउँदै सांसदलाई दिदै आएको स्वकीय सचिवको सुविधा र भुमि आयाेगलाई दिएको सुबिधा समेत कटौती गर्न माग गरेका छन् ।

त्यस्तै कार्यक्रममा बाेल्दै नेकपा एमाले जिल्ला अध्यक्ष तथा प्रदेश सांसद आनन्द कुमार श्रेष्ठले देशमा परिवर्तनको संकेत देखिएकाे बताएका छन् । उनले अब राज्यको ब्यवस्थालाई ब्यबस्थित हिसाबले कसरी लाने भनेर साेच्ने बेला आएको बताएका छन् । देशले राजनितीक परिवर्तन र विकल्प खाेजिरहेकाे हुदा राजनितिक काेर्स नै परिवर्तन गर्न जरूरी रहेकाे बताए ।

नेपाल प्रेस युनियन रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ , जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख हाेम बहादुर पराजुली,पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे लगायतले शुभकामना दिएका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- २ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ३ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ४ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ५ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ६ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ७ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ८ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय













प्रतिक्रिया दिनुहोस