एक पालिका एक सडक निर्माण : मन्त्री लामा
रामेछाप – बागमती प्रदेका याेजना तथा आर्थिक मामिला मन्त्री बाहादुर सिंह लामाले एउटा गाउँपालिकामा एउटा सडक बनाउने याेजना बनाउन आग्रह गरेका छन् । आइतबार रामेछापको लिखुतामाकाेसी गाउँपालिका पुगेका मन्त्री लामाले एक आर्थिक बर्षमा सडक बनाउने याेजना बनाएर काम गर्नुपर्ने बताएका छन् ।
पालिकाकाे सडक अवस्था हेर्न पुगेका मन्त्रि लामाले साना – साना टुक्रे याेजना र धेरै ठाउँमा एकपटक विकास निर्माण गर्न खाेजेर काम गर्दा उपलब्धिमुलक र देखिने खालकाे विकास नहुने भन्दै याेजनाकाे प्राथमिकिकरण गरेर एउटा विकासकाे काम सकेपछि मात्र अर्काे सुरु गर्नपर्ने बताए । त्यस्तै मन्त्री लामाले खानेपानी नागरिकको नैसर्गिक अधिकार भएकोले खानेपानी समस्या छ कतै भने तत्काल त्यसकाे समाधान गर्न पहल गर्ने रकैलाइ पनि खानेपानी जस्ताे नागरिकको नैसर्गिक अधिकारबाट बन्चित हुन नपर्ने बताए ।
पालिकाकाे सडक अवस्था अवलोकन गर्न पुगेका संघिय सांसद पुर्ण बहादुर तामाङले सडक विस्तार गर्दा जग्गा परेकाले जग्गाको मुआब्जा मागेर विकासमा अवराेध गरे सबैखाले विकासका कार्यक्रमहरु बन्द गरिदिने बताए । सांसद तामाङले विकासका लागि कसैले त्याग नगरे विकास हुन नसक्ने भन्दै सडक निर्माणलाई अबरोध नगर्न आग्रह गरे । उनले मन्त्री लामालाई रामेछापको विकासमा प्रदेशबाट हुने सहयाेगमा कुनैकमि हुन नदिन पनि आग्रह गरे ।
त्यसैगरी पालिका अध्यक्ष केशब महतले पालिकाकाे सबै वडाहरुबाट पालिका पुग्ने सडक निर्माणमा प्रदेश सरकारसँग सहयाेगका लागि अपिल गरेका छन् । कार्यक्रममा सहभागी स्थानीयहरुले पालिका जाेड्ने सडक र खानेपानीकाे समस्याहरु समाधान गर्न माग गरेका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस