नेकपा एमाले बागमतीकाे अध्यक्षमा रामेछापका ढुङ्गेल विजयी

काठमाडौ – नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा रामेछापका कैलाश ढुंगेल विजयी भएका छन् । शुक्रबार राति सम्पन्न निर्वाचनमा कृष्ण दाहाललाई पराजित ढुङ्गेल विजयी भएका हुन् ।
निर्वाचनमा ढुंगेलले ६९६ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् भने अर्का उम्मेदवार कृष्ण दाहालले ४३९ मत प्राप्त गरेका छन् । त्यस्तै सचिवमा नवराज सिलवाल ५६८ मतसहित विजयी भएका छन् भने अर्का उम्मेदवार हस्त पण्डितले ५६७ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा दावादोर्जे लामा ६१५ मत सहित विजयी भएका छन् भने महिला उपसचिवमा भक्तकुमारी लामाले ५९९ मत प्राप्त गरी विजयी भएकी छन् । त्यस्तै पुरुष तर्फको उपसचिवमा प्रेम महर्जनले ३६७ मत प्राप्त गर्दै विजयी भएका हुन ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का
- २ पुण्यमाता खोलामा पक्की पुल निर्माणको लागि शिलान्यास, स्थानीय हर्षित
- ३ कांग्रेस रामेछापकाे महासमितिमा सहमतिका लागि न्याैपानेकाे संयाेकत्वमा समिति गठन
- ४ पौडेलको नेतृत्वमा जाजरकोटमा १०० अस्थायी आवास निर्माण
- ५ दुर्गा प्रसाईंलाई नजरबन्दमा राख्ने सरकारकाे तयारी
- ६ कर दिवसमा नवजागरण बचत र ओम स्टोर्स सम्मानित
- ७ नेपालगन्ज वाकाथनको तयारीलाई तिब्रता दिने
- ८ प्रसाईं समुहले प्रहरीको घेराबार ताेडेर हिडेपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार
प्रतिक्रिया दिनुहोस