नेकपा एमाले बागमतीकाे अध्यक्षमा रामेछापका ढुङ्गेल विजयी
काठमाडौ – नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा रामेछापका कैलाश ढुंगेल विजयी भएका छन् । शुक्रबार राति सम्पन्न निर्वाचनमा कृष्ण दाहाललाई पराजित ढुङ्गेल विजयी भएका हुन् ।
निर्वाचनमा ढुंगेलले ६९६ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् भने अर्का उम्मेदवार कृष्ण दाहालले ४३९ मत प्राप्त गरेका छन् । त्यस्तै सचिवमा नवराज सिलवाल ५६८ मतसहित विजयी भएका छन् भने अर्का उम्मेदवार हस्त पण्डितले ५६७ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा दावादोर्जे लामा ६१५ मत सहित विजयी भएका छन् भने महिला उपसचिवमा भक्तकुमारी लामाले ५९९ मत प्राप्त गरी विजयी भएकी छन् । त्यस्तै पुरुष तर्फको उपसचिवमा प्रेम महर्जनले ३६७ मत प्राप्त गर्दै विजयी भएका हुन ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- २ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ३ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ४ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ५ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ६ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ७ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ८ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय













प्रतिक्रिया दिनुहोस