एमाले बागमती प्रदेश अध्यक्षमा ढुङ्गेल सहित पाँचजनाकाे उम्मेदवारी

नेकपा एमाले बागमती प्रदेश अध्यक्षमा कैलाशप्रसाद ढुङ्गेल सहित पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा जारी प्रदेश अधिबेशनमा अध्यक्ष पदका लागि ढुङ्गेलसहित कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, सानुकुमार श्रेष्ठ र केशवराज पाण्डेकाे उम्मेदवारी दर्ता भएकाे छ ।
त्यसैगरी उपाध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ । जसमा सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादोर्जे लामा, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाको उम्मेदवारी रहेकाे छ ।
त्यस्तै सचिवमा पदका लागि रत्न गुरुङ, नवराज सिलवाल, हस्तबहदुर पण्डित र डा.रामकुमारी अधिकारीको उम्मेदवारी दर्ता भएको छ । खुला र महिला गरी दुई उपसचिवका लागि १२ जनाले उम्मेदवारी दिएका छन् ।
उपसचिवमा खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरी थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ र रिता गौतम ढकालको उम्मेदवारी रहेकाे छ ।
उक्त निर्वाचनमा भोलि बिहान ८ बजेदेखि मतदान लागि कार्यसूची तय भएको छ ।
अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ आजबाट एसइई परीक्षा सुरु
- २ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- ३ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ४ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ५ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ६ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
- ७ मन्थली क्याम्पसकाे स्ववियु निर्वाचनकाे अन्तिम मतदाता नामावली प्रकाशन
- ८ रामेछापमा डेरी एसाेसिएसन गठन , अध्यक्षमा भानु
प्रतिक्रिया दिनुहोस