पेट्रोलकाे मूल्य प्रतिलिटर ६ रुपैयाँले घट्यो
काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेकाे छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटाइएको हाे ।
त्यसैगरी डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ,मट्टीतेलकाे ४ र एलपी ग्यासको मूल्यमा १० रुपैयाँ र रुपैयाँ घटेकाे छ ।
यो मूल्य आजै राति १२ बजेबाट लागु हुनेछ । योसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ र डिजेलको मूल्य १४६ रुपैयाँ कायम हुने छ । आजसम्म पेट्रोलको मूल्य १७० रुपैयाँ छ भने डिजेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ रहेको छ ।
नेपाल आयल निगमले पेट्रोलमा साढे २ प्रतिशत नाफा लिने भएको छ । स्वचालित मूल्य प्रणाली लागु गरेसँगै निगमले पेट्रोलमा साढे २ प्रतिशत र डिजेलमा २ प्रतिशत नाफा लिने निर्णय गरेको हो । अब स्वचालित रूपमा मूल्य घटबढ हुने छ ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ रास्वपा उम्मेदवार आसीकालाई जर्मन दूतावासले सोधपुछका लागि बोलायो
- २ निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे १ लाख जरिवानादेखि उम्मेदवारी खारेजीसम्म
- ३ रामेछापबाट कांग्रेस केन्द्रीय सदस्यमा बिनिता
- ४ सुजाताकाे कांग्रेस सभापति गगनलाई बधाई, परिवर्तनलाई स्वीकार्न आग्रह
- ५ रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ६ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- ७ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ८ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की















प्रतिक्रिया दिनुहोस