खाँडादेवि घटनाझुटा मुद्धा फिर्ता नलिए आन्लोलनको आँधिवेहेरी श्रृजना गर्ने तरुणदलको चेतावनी
रामेछाप । खाँडादेवि गाउँपालिकामा बिहिबार भएको सार्वजनिक सुनुवाईको क्रममा नागरिकले पालिका संग जवाफ माग्दा अटेर गरी एकलौटी ढंगले सार्वजनिक सुनुवाई अगाडि वढाइएकोमा नागरिकले उठाएको प्रश्नको उत्तर खोज्ने तरुण दलका कार्यकर्तालाई लगाइएको झुट्टा मुद्धा फिर्ता लिन नेपाल तरुण दलले आग्रह गरेको छ ।
दलका उपाध्यक्ष बाशुदेव फुयाँलले शुक्रबार जारी गरेको विज्ञप्तिमा विकास निर्माण लगाएत जनताले प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा खाँडादेवि गाउँपालिकाले चरम विभेद गरी सत्ता र बहुमतको दम्भको आडमा जनता माथि अपमान गर्ने कार्य गरेकोमा आपत्ति जनाइएको छ । उनले तरुण विद्यार्थी नेताहरु माथि लगाइएको जालझेल र कपटपूर्ण लगाइएको झुटा मुद्धा अविलम्व फिर्ता लिन आग्रह समेत गरेका छन् ।
कान्नी राज्यको उपहास गर्दै राजनीतिक प्रतिशोध राखि अन्यायपूर्ण तरिकाले एमाले पार्टीको बहुमतको आडमा लगाइएको झुटा मुद्धा तत्काल फिर्ता लिएर जनतालाई शान्तिपूर्ण बाच्न पाउने अधिकारको ग्यारेण्टी गर्न नेपाल तरुण दल खाँडादेविको भ्रष्ट स्थानीय सरकार र यसका मतियारलाई चेतावनी दिन चाहन्छ विज्ञप्तिमा भनिएको छ ।
हाम्रो धैर्यतालाई वेवास्ता गरी भ्रष्ट र अपराधिको संरक्षणमा स्थानीय सरकारले जनताप्रति जिम्मेवार तरुण नेताहरुलाई गिद्धे नजर लगाई दुख दिन्छ भने त्यसका विरुद्ध आन्दोलनको आँधिवेहेरी श्रृजना गर्न बाध्य हुने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ ।
विहिबार खाँडादेवि गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा वडा नम्बर ६ मा विनीयोजित रकम हाल सम्म पालिकाले संझौता नगरेको भन्दै स्थानीयले पालिकाको कार्यशैली प्रति आपत्ति जनाएको थिए । अन्य वडामा विकास निर्माणको काम पुरा भइसक्दा वडा नम्बर ५ मा विनीयोजन भएको रकम संझौता गर्न पालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले रोकेका थिए । स्मरणीय छ, उक्त वडामा नेपाली काँग्रेसले विजय हासिल गरेको थियो । खाँडादेविमा स्पष्ट बहुमत नेकपा एमालेको भएकाले पालिकाले एकलौटी र मनोमानि ढंगले काँगे्रस र माओवादी केन्द्र लगाएतका दललाई वेवास्ता गर्दै मनलागि विकास वितरण गर्दै आएको छ । एमाले निर्वाचीत वडामा त्यसैपनि बढी रकम विनीयोजन गरेको पालिकाले न्यून वजेट दिएको वडामा संझौता समेत गर्न नदिनुले अन्यायको पराकाष्ट नाघेको स्थानीयको दावि छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- २ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ३ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ४ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ५ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ६ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ७ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ८ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय













प्रतिक्रिया दिनुहोस