आचरण, प्रवृति र पद्धतिमा सुधार गरौंं ः महामन्त्री पाण्डे
रामेछाप । नेपााली कांग्रेसका सह महामन्त्री बद्री प्रसाद पाण्डेले क्रान्ति र संविधानसभा बाट संविधानको निर्माण लगाएतका कैयन गौरबको गाथा हुदाँ हुदै काँग्रेसका किन कमजोर हुदै गयो ? यसको पछाडिको कारण पहिल्याउनु पर्ने बेला आएको वताएका छन् ।
२०१५ साल देखि काँगे्रस विस्तारै कमजोर हुदै गएको वताउदै उनले हुदाँहुदाँ अव अर्को पार्टी संग नमिलिकन निर्वाचन जित्न नसक्ने अवस्थामा पुग्यौं ? पाण्डेले भने – त्यसको समिक्षा गर्नुपर्ने बेला आएको छ ।
उनले नेपाली काँग्रेसमा कार्यशैलीमा परिवर्तन गर्नुपर्ने, आचरण व्यवहार र तौर तरिकामा समिक्षा गर्नु जरुरी रहेको उनले वताए । काँग्रेसले आफ्नो प्रवृति र पद्धतिमा सुधार गर्नुपर्ने अवस्था रहेको उनले औंल्याए ।

नेपाली काँग्रेस रामेछापको प्रथम जिल्ला सम्मेलन उद्घाटन कार्यक्रममा पाण्डेले आगामी २०८४ को निर्वाचनमा काँग्रेस एक्लै निर्वाचनमा जाने गरी तागत वनाउनु पर्ने वताए । संगठन विस्तार सगैं एकतावद्ध भएर अघी बढन उनले कार्यकर्तालाई आग्रह गरे ।
जिल्ला सभापति पूर्णवहादुर तामाङ ( कान्छाराम) ले रामेछापमा पार्टीले विगतको तुलनामा धेरै उपलव्धि हासिल गरेको भन्दै आउदा दिनमा अझ चुस्त भएर संगठन विस्तारमा जुटने वताए । उनले स्थानीय तह र जिल्ला समन्वयमा कांग्रेसले पकड राखेको भन्दै असन्तुष्टहरुलाई एकतावद्ध गराएर अघी बढाउने वताएका थिए । कार्यक्रममा प्रजातन्त्र प्राप्ति र काँग्रेसको विभिन्न जिम्मेवारीमा रहेर विगत देखि क्रियाशिल नेता तथा कार्यकर्ताहरुलाई सम्मान गरीएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- २ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ३ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ४ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ५ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ६ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ७ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ८ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय













प्रतिक्रिया दिनुहोस