प्रधानमन्त्री प्रचण्डको राजिनामा माग

काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेकाे छ ।आइतवार प्रतिनिधि सभामा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेका हुन ।
प्रधानमन्त्री प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भनेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिएर अदालती प्रक्रियालाई निष्पक्षरूपमा अघि बढ्न सहयाेग गर्नुपर्ने बताए । शाहीले अपराधजस्तो मुद्दा पर्दा प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताए । उनले भने प्रधानमन्त्रीले नैतिकताका आधारमा पनि पदमा बसिरहन नमिल्ने उल्लेख गरे ।
प्रधानमन्त्रीको राजीनामा मागेपछि नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले समय माग गरेर बोल्दै राप्रपा प्रमुख सचेतक शाहीले व्यक्त गरेकाे धारणा संसद् रेकर्डबाट हटाउन माग गरेका छन् ।
सांसदहरुको भनाइपछि सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको बताउदै प्रतिनिधि सभाकाे अर्काे बैठक भाेलि साेमवार दिउँसाे १ बजेका लागि बोलाइए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ नेकपा एमाले बागमतीकाे अध्यक्षमा रामेछापका ढुङ्गेल विजयी
- २ बजार अनुगमन प्रभावकारी बनाउनुस् : कावा प्रधानमन्त्री खड्का
- ३ एमाले बागमती प्रदेश अध्यक्षमा ढुङ्गेल सहित पाँचजनाकाे उम्मेदवारी
- ४ शिक्षक आन्दोलन फिर्ता
- ५ संविधान दिवसमा विविध कार्यक्रम
- ६ प्रेस युनियन केन्द्रमा परामर्श समिति गठन
- ७ बेवारिसे शव फेला
- ८ असाेज ३ गते देखि सडक आन्दोलनमा शिक्षक
प्रतिक्रिया दिनुहोस