प्रधानमन्त्री प्रचण्डको राजिनामा माग
काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेकाे छ ।आइतवार प्रतिनिधि सभामा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेका हुन ।
प्रधानमन्त्री प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भनेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिएर अदालती प्रक्रियालाई निष्पक्षरूपमा अघि बढ्न सहयाेग गर्नुपर्ने बताए । शाहीले अपराधजस्तो मुद्दा पर्दा प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताए । उनले भने प्रधानमन्त्रीले नैतिकताका आधारमा पनि पदमा बसिरहन नमिल्ने उल्लेख गरे ।
प्रधानमन्त्रीको राजीनामा मागेपछि नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले समय माग गरेर बोल्दै राप्रपा प्रमुख सचेतक शाहीले व्यक्त गरेकाे धारणा संसद् रेकर्डबाट हटाउन माग गरेका छन् ।
सांसदहरुको भनाइपछि सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको बताउदै प्रतिनिधि सभाकाे अर्काे बैठक भाेलि साेमवार दिउँसाे १ बजेका लागि बोलाइए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस