कांग्रेस नेतृ पाण्डेको निधन , कांग्रेसले ३ दिन शाेक मनाउने

काठमाडौ – नेपाली कांग्रेसकी नेतृ मिना पाण्डेको निधन भएको छ । लामो समयदेखि क्यासरबाट पीडित पाण्डेको मंगलबार बिहान ७ बजे काठमाडौंमा निधन भएको हो ।
पाण्डे २०४८ सालकी सांसद हुन् भने ०५१ मा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री भएकी थिइन् । उनि ०६४ को पहिलो संविधानसभामा सदस्य हुन भने ०७४ मा समानुपातिकतर्फबाट सांसद भएकी थिइन् ।
पाण्डे नेपालमा महिला अधिकारका लागि आवाज उठाउने मध्येकी एक सशक्त महिला हुन् । नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघको सभापतिकाे भुमिकामा रहेर काम गरेकी उनी नेपाली कांग्रेस केन्द्रीय सदस्य समेत बनेकी थिइन् । उनी पद्मकन्या क्याम्पसको पहिलो स्ववियु सभापति समेत हुन ।
उनी लामो समयदेखि स्वासप्रश्वास सम्बन्धि रोगबाट पिडित थिइन ।
पाण्डे प्रति सम्मान प्रकट गर्दै कांग्रेसले ३ दिन जेठ १६, १७ र १८ गते शाेक मनाउने भएकाे छ । पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने र जेठ १७ गते केन्द्र तथा जिल्ला कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ।
निधन भएको १३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राखिने र १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने गरेकाे नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ सबै तहका सरकारले लागू गर्ने
- २ प्रणवानन्द आश्रममा बालबालिकालाई पूर्ण नि:शुल्क अध्यापन
- ३ मन्थली नगरपालिका: जेष्ठमसान्त भित्र बालमैत्री नगर घाेषणा हुँदै
- ४ राष्ट्र बैंककाे गभर्नरमा डा: बिश्वनाथ पाैडेल नियुक्त
- ५ लुटपाट गर्ने एक पुरुष पक्राउ
- ६ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ७ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ८ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
प्रतिक्रिया दिनुहोस