लिखु २ को सुरुङमा पानी वन्द गर्न निर्देशन
रामेछाप । उत्तरी रामेछापको लिखु नदीमा निर्माणाधिन लिखु २ जलविद्युत आयोजनाको सुरुङ चुहिएर बस्ती जोखिममा परेपछि विद्युत विकास विभागले परिक्षणका लागि सुरुङमा पठाइएको पानी तत्काल लाई वन्द गर्न निर्देशन दिएको छ ।
आईतबार विभागका महानिर्देशक चिरञ्जिवि चटौतले जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी ग्लोबल हाईड्रोपावर एशोसियत लिमिटेडलाई पत्राचार गरी उक्त निर्देशन दिएका हुन् । आईतबारनै जिल्ला प्रशासन कार्यालय रामेछापले गृहसचिवलाई पत्राचार गरी सुरुङको पानी वन्द गर्न निर्देशनका लागि अनुरोध गरेको थियो । स्थानीय नागरिक र प्रशासनले यसअघीनै सुरुङ वन्द गर्न आग्रह गरेपनि आयोजनाले अटेर गर्दै आएको थियो ।
एमवि दुगड समूहको लगानीमा संचालित ५५ मेघावाट क्षमताको उक्त जलविद्युत आयोजनाले सुरुङ परिक्षणका लागि पानी हालेपछि रामेछापको उमाकुण्ड गाउंपालिका १ गुम्देलको पेकरनासमा सुरुङ भन्दा तल जताततै पानी चुहिएको छ । १५ दिन देखि गाउंभन्दा माथिबाट जताततै पानी निस्कीएपछि ४२ परिवारको वसोवास रहेको उक्त वस्तीका बासिन्दाले निदाउन पाएका छैनन् । स्थानीयले दिनहु आयोजनाको कार्यालयमा पुगेर वस्ती वचाउनका लागि याचना गरीरहेका छन् । तर सुनुवाई भएको छैन ।
स्थानीय बासिन्दाले आयोजनाबाट परिक्षणका लागि सुरुङमा पानी हालेपछि घरवस्ती डुवाउने गरी पानी चुहिएको वताएका छन् । स्थानीय ईश्वरी कार्कीका अनुसार ४२ मध्ये १२ परिवारको घरमा जाने समेत बाटो छैन् । खेत बारी धसिएका छन् । पानी घट्नुको साटो बढदै गएकोले घरमा उनीहरुको बास छैन् ।
स्थानीयले जलविद्युत उत्पादक कम्पनीको कार्यालयमा तालावन्दी गरी तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन् । तर आयोजनाले उक्त पानी सुरुङबाट चुहिएको नभै मुल फुटेको भन्दै स्थानीयको माग लत्याउदै आएको छ ।
स्थानीय प्रशासनको आग्रहमा विद्युत विकास विभाग र नेपाल विद्युत प्राधिकरणका विज्ञबाट सुरुङ र चुहिएको पानीको अवलोकन गर्ने काम भइरहेको छ । स्थानीयले आईतबार सम्मको अल्टिमेटम दिई प्रारम्भिक प्रतिवेदन दिन उक्त टोलीलाई आग्रह गरेका थिए । आईतवार अपरान्ह सम्म पनि प्रारम्भिक प्रतिवेदन विज्ञ टोलीले वुझाएका छैनन् ।
शुक्रबार प्रभावित क्षेत्रमा पुगेर फर्केकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाका अनुसार केहि परिवार साच्चिकै मर्कामा परेको वताइन । ‘सुरुङ चुहिएकै हो , त्यो पनि थोरै हैन, ठुलो मात्रामा’ निरौलाले भनिन् – विपतका हिसावले उच्च जोखिममा गाउं परेको छ । प्रभावित क्ष्ँेत्रमा प्रजिअ पुग्दा आयोजना संचालकहरु सम्पर्कमा आउन नचाहेको, स्थानीय प्रशासनको आग्रहलाई वेवास्ता गरी सुरुङमा पानी हाल्ने कार्य नरोकेको र स्थानीयको समस्यामा आयोजना गम्भिर नभएको आरोप निरौलाले लगाईन ।
निरौलाको अध्यक्षतामा वसेको जिल्ला सुरक्षा समितिको वैठकले सुरुङ चुहिदा बढेको सुरक्षा संवेदनशिलतालाई समेत दृष्टिगत गरी तत्काल आयोजनालाई परिक्षणका लागि पठाइएको पानी वन्द गर्नु पर्ने निष्कर्ष निकालेको थियो । सोहि निष्कर्षका आधारमा सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले गृह सचिवलाई आईतबार निर्देशनका लागि अनुरोध गरेका थिए ।
‘विद्युत विकास विभागले आयोजना प्रर्बद्धक कम्पनीलाई आईतवारनै निर्देशन दिएको छ ’ घिमिरेले भने – यो ठुलो उपलव्धि हो । उक्त निर्देशन बमोजिम आयोजनाले तत्काल सुरुङमा पानी पठाउन वन्द गर्नुपर्ने र केहि दिन चुहिएको पानीको निगरानी गरेपछि थप समन्वय गरेर अघी बढ्ने घिमिरेले वताए ।
स्थानीयले कहिल्यै पानीको मुल नफुटने क्षेत्र र पहराबाट समेत पानी झरीरहेकोले वस्ती पहिरोले पुर्ने आशंका गरेका छन् । हामीलाई सुरक्षित स्थानमा सारियोस भन्ने मात्र हाम्रो एक सुत्रिय माग हो कार्कीले भनिन् – अरु वहाना हाम्रा लागि वनाएकै राम्रो । उनी सुरुङलाई टालटुल गरेर तत्कालका लागि पानी वन्द भएपनि भविष्यमा फेरी समस्या आउन सक्ने तर्फ स्थानीय भयवित भएको वताउछिन् ।
उमाकुण्ड गाउ“पालिकाका अध्यक्ष शेरवहादुर सुनुवारले लिखु २ आयोजनाको कारण स्थानीय बासिन्दाले दुई साता देखि राम्रो निन्द्रा नपाएको वताए । आयोजना थाले देखिनै स्थानीयलाई थिचोमिचो थियो सुनुवारले भने – अहिले त बासै उठाइदिने भयो । उनले विद्युत विकास विभागको निर्देशन नटेरे सुरुङ फर्काएर जनताले खोलामा हाल्ने चेतावनी दिए ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ डब्लुडब्लुजेकाे अध्यक्षमा खड्का
- २ दाेरम्बाकाे पहिराे पिडित भेट्न पुगे उर्जा राज्यमन्त्री तामाङ , जाेखिममा रहेकाे बस्ति हटाउन निर्देशन
- ३ पहिराे अपडेट : १८ महिने बालक सहित ६ जनाकाे शव फेला १ जना घाइते बाकीकाे खाेजतलास हुँदै
- ४ दाेरम्बा शैलुङ्मकाे लेखर्कमा गएकाे पहिराेमा परि २ काे मृत्यु ८ बेपत्ता
- ५ फ्रिजकाे कम्प्रेशर चाेरी गर्ने मन्थलीकाे खड्का पक्राउ
- ६ मैले नगरे कस्ले गर्छ रामेछापकाे विकास : आर्थमन्त्री काफ्ले
- ७ बफरे खाेलाले बगाएर एक महिलाको मृत्यु
- ८ मन्थलीमा चाेरीकाे घटना बढेसँगै प्रहरीकाे निगरानी पनि बढ्याे
प्रतिक्रिया दिनुहोस