कांग्रेस सकिएको छैन, कमजाेर मात्र भएकाे हाे : कांग्रेस नेता केसि
रामेछाप – नेपाली कांग्रेसका नेता नेपाली कांग्रेस नुवाकोटका पुर्व सभापति जगदिश्वर नर्सिङ केसिले कांग्रेस कमजाेर भएकाे तर नसकिएकाे बताए ।
नेपाली कांग्रेसकाे रुपान्तरण अभियानमा सहभागी हुन आव्हान गर्दै रामेछाप सदरमुकाम मन्थली आइपुगेका नेता केसिले कांग्रेस भित्र माैलाएकाे गलत प्रवृत्ति र गलत गतिविधिका कारण कांग्रेस कमजोर हुँदै गएकाे भएपनि कांग्रेस नसकिएकाे उल्लेख गरे । केसिले सहभागीहरुकाे गुनासाेलाइ सम्बाेधन गर्दै कांग्रेस एउटा गर्वीलाे इतिहास भएकाे पार्टी हाे याे कहिल्यै मेटिदैन, सकिदैन तर पार्टी भित्रका नेताहरुकाे गलत प्रवृत्ती, गलत शैली ,गलत गतिविधिका कारण पार्टी कमजोर हुन पुगेकाे भने अवस्य हाे त्यसैले अब पार्टीमा परिवर्तन ल्याउने जिम्मा युवा पुस्ताले लिनुपर्ने बताए । कार्यकर्ता भेटघाटमा केसिले कांग्रेसका स्वर्गीय नेता विपि काेइलाकाे भनाइ उदृत गर्दै भने विपिले भनेजस्तै अब एकपटक सहि , इमान्दार र निष्ठावान कार्यकर्ताहरु आन्दाेलित हुनुपर्ने समय आएकाे छ । याे समयमा पार्टी छाडेर जाने हाेइन पार्टी भित्रै रहेर परिवर्तन र सुधारका लागि लड्नु पर्छ । रुपान्तरण अभियान पनि पार्टीका सच्चा ,इमानदार र रुपान्तरण चाहानेहरुकाे अभियान भएकाले पार्टीमा रुपान्तरण चाहानेहरु सबैलाई अभियानमा सहभागी हुन समेत आग्रह गरे।
त्यसैगरी कार्यक्रममा सहभागीहरुले कांग्रेसकाे नेतृत्व गतल बाटाेमा हिडिरहेका र बिस्तारै विलीन हुन लागेकाे चिन्ता व्यक्त गरे ।त्यस्तै रुपान्तरण अभियानमा निक्लिएका अभियान्ताहरुलाइ वास्तविक समस्याकाे पहिचान गर्न र
नेतृत्वले कमजोरी सच्याएर अघिबढ्न आग्रह गर्दै रुपान्तरण अभियानलाई गम्भीरतापूर्वक लिन सुझाव दिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस