पत्रकारको न्युनतम पारिश्रमिक ३४ हजार पुर्याउन सरकारलाई सिफारिस
काठमाडौ – न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारहरुको न्यूनतम पारिश्रमिक ३४ हजार १ सय २५ पुर्याउन सरकारलाई सिफारिस गरिएको छ । आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई समितिकी अध्यक्ष संगीता खड्काले प्रतिवेदन सहित सिफारिस गरेकाे हाे ।
समितिको सिफारिस प्रतिवेदन बुझ्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समितिले प्राप्त प्रतिवेदन अध्ययन गरी कार्यान्वयनमा लैजानका लागि प्रतिबद्धता व्यक्त गरिन् । उक्त विषयमा मन्त्रालय सकारात्मक भएकाे बताउदै मन्त्री शर्माले के कसरी अगाडि बढ्ने भन्नेमा कुरामा मन्त्रालयले गृहकार्य गर्ने बताइन् ।
समितिले सिफारिस गरेकाे पत्रकारको पारिश्रमिक जसमा सहायक संवददाताको ३४ हजार १ सय २५, संवाददाता, फोटो पत्रकार, प्रेस प्रतिनिधिको ३७ हजार ५ सय ३८, वरिष्ठ संवाददाता, भाषा सम्पादक, सहायक सम्पादकको ४० हजार ९००, उपसम्पादकको ४३ हजार २ सय ७२, वरिष्ठ भाषा सम्पादक, वरिष्ठ फोटो पत्रकारको ४५ हजार ३०० र प्रमुख समाचारदाता, समाचार संयोजक, समाचार सम्पादक, श्रब्य, दृश्य, फोटो सम्पादकको ४८ हजार, सहसम्पादकको ५० हजार ४०० न्यूनतम पारिश्रमिक निर्धारण गरिएको छ ।
यसअघि पत्रकारको न्यूनतम तलब २४ हजार ३७५ तोकिएको थियो ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ रास्वपा उम्मेदवार आसीकालाई जर्मन दूतावासले सोधपुछका लागि बोलायो
- २ निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे १ लाख जरिवानादेखि उम्मेदवारी खारेजीसम्म
- ३ रामेछापबाट कांग्रेस केन्द्रीय सदस्यमा बिनिता
- ४ सुजाताकाे कांग्रेस सभापति गगनलाई बधाई, परिवर्तनलाई स्वीकार्न आग्रह
- ५ रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ६ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- ७ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ८ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की















प्रतिक्रिया दिनुहोस