सामुदायिक विद्यालयमा विद्यार्थीबाट पैसा असुल्ने काम वन्द गरौं : जम्कटेल

रामेछाप । सामुदायिक विद्यालयले कुनै पनि वाहनामा विद्यार्थी र अविभावक संग पैसा असुल गर्ने कार्य तत्काल वन्द गर्न बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले निर्देशन दिएका छन् । विद्यार्थी र अविभावक संग पैसा असुल्न पाईदैन विद्यालय संचालनमा पैसा पुगेन भने प्रदेश सरकार र स्थानीय सरकार सहयोग गर्न तयार छ ।
सोमबार रामेछापको मन्थली स्थित मन्थली माविको नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री जम्कटेलले सरकारले माध्यमिक तह सम्म निशूल्क शिक्षा भने पछि फेरी पनि अविभाकलाई पैसा असुलेर पढाउने कुरा स्वीकार गर्न नसक्ने वताए । मन्थली माविले अविभावक संग पैसा असुलेको कुरा कार्यक्रममा उठेपछि मुख्यमन्त्रीले मञ्चवाटै उक्त निर्देशन दिएका हुन ।
कार्यक्रममा उनले संघीयताको खारेजीको कुरा कहिकतैबाट आईरहेको भएपनि तत्काल उक्त कुरा असम्भव रहेको वताए । ति तत्व हिजोको सामन्ती राजतन्त्रका अवसेस हुन उनले भने उनीहरुको योजनाले तत्काल साकार रुप लिनेवाला छैन् । संघीयतालेनै वास्तविक रुपमा नागरिकका आवश्यकता पुरा गर्ने र विकास पूर्वाधारको काम गर्न सक्ने उनले दावि गरे । यदि संघीयताको खारेजीको कुरा अघी आयो भने प्रदेश मात्र नभै संघ र स्थानीय सरकार पनि नरहने उनले ठोकुवा गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजप्रसाद सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्यमन्त्री जम्कटेलले विद्यालयको चावि मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ मार्फत विद्यालयलाई हस्तान्तरण गरेका थिए । त्यसअघी निर्माण व्यवसायी खानी निर्माण सेवाका उज्वल सुवेदीले मुख्यमन्त्री जम्मकटेललाई चावि हस्तान्तरण गरेका थिए ।
एसियाली विकास बैंकको सहयोगमा २०७२ सालको विनासकारी भूकम्प पछि पुननिर्माण भएको उक्त विद्यालयका ३ वटा बेग्लाबेल्लै ल्बकमा ३६ कक्षा कोठा, आधुनिक सभाहल र सौचालयको व्यवस्था छ । विद्यालय निर्माणका लागि करिव १५ करोड ८७ लाख खर्च भएको जनाइएको छ ।
कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले सामुदायिक विद्यालयमा ठुला पूर्वाधारको निर्माण भएपनि गुणस्तर खस्कदै गएकोमा चिन्ता प्रकट गरे । उनले अविभावकहरुलाई आफ्ना बालबालिकाहरुको भविष्य प्रति चिन्ता जाहेर गरेर साुमदायिक विद्यालयको पठन पाठनमा ध्यान दिन आग्रह गरे । कार्यक्रममा विद्यालयका प्रअ टंकप्रसाद दाहालले विद्यालयको समग्र व्यवस्थापन र पठन पाठनको अवस्था बारेमा जानकारी गराएका थिए । विद्यालयमा करिव २ हजार विद्यार्थीले अध्ययन गर्नेगर्छन । उक्त विद्यालयलाई सरकारले नमुना माविको रुपमा स्वीकृति दिएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- २ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ३ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ४ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ५ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
- ६ मन्थली क्याम्पसकाे स्ववियु निर्वाचनकाे अन्तिम मतदाता नामावली प्रकाशन
- ७ रामेछापमा डेरी एसाेसिएसन गठन , अध्यक्षमा भानु
- ८ महिला दिवसमा मन्थलीमा विविध कार्यक्रम
प्रतिक्रिया दिनुहोस