प्रचारको शैली बदलेर जानुपर्ने भयो : सिंह
रामेछाप । नेपाली काँग्रेसका नेता तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले संगठन र प्रचार शैली बलदेर राजनीतिक प्रतिस्पर्धामा जानु पर्ने वताएका छन् ।
‘ नयाँ नयाँ पार्टीले आधुनिक प्रचार गर्न सक्ने काँग्रेसले नसक्ने हुन्छ र ? अव नयाँ नयाँ टुल्सको प्रयोग गरेर प्रतिस्पर्धामा जानुपछ’ उनले कॉग्रेसमा प्रचार शैली पुरानो हुनुका साथै संगठन भन्दा पनि व्यक्ति हेरेर आफ्नो धारणा वनाउने प्रचलनले क्षति पुग्दै आएको सिंहले औंल्याए ।
‘मलाई त परेको छैन्, त्यो प्रकाशमान चाँहि १ नम्बरबाट उठन गएका हुनाले उस्लाई प¥यो मलाई के छ ? भनेर वस्दा बस्दा यो हालत भैसक्यो’ सिंहले भने – संगठनमा व्यक्ति व्यक्ति र घर घर गएर प्रचार गर्ने पुरानो शैली आफ्नो किसिमको छ, तर जमाना बदलिईसक्यो , अव आईटीको जमाना भएकाले प्रविधिको उपकरण प्रयोग गर्नुपर्ने दवाव छ । लाखौं लाख युवाहरु रोजगारीको सिलसिलामा गएको र उनिहरुले अलिकती फुर्सद भयो कि प्रविधिको प्रयोग गरेर मत जाहेर गर्दा सर्वसाधारणले आफ्नो धारणा वनाउने गरेको उल्लेख गरे ।
मंगलबार रामेछापको मन्थलीमा पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिदै सिंहले नागरिकलाई फरक ढंगबाट पार्टीको सन्देश दिन सक्नु पर्ने वताए । अहिले आएर त्यस्ता संग काँग्रेसले मिल्ने भनेर भन्छन् – शान्ति प्रकृयामा माओवादी ल्याउनु पर्ने भएकाले नमिलेर हुन्थ्यो त । राष्ट्रिय राजनीतिमा राष्ट्रको आवश्यकता अनुसार निर्णय गर्नुपर्ने भएकाले सहमति र सहकार्य हुने गरेको उनले वताए ।
कार्यक्रममा काँग्रेस जिल्ला उप सभापति लेखवहादुर कार्की, पूर्व जिल्ला सभापति लबश्री न्यौपाने, युवा नेता रत्नवहादुर कार्की र चीना कार्की खड्काले जिल्लामा पार्टीका गतिविधिका बारेमा आ आफ्ना धारणा राखेका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ महासंघ रामेछापको बार्षिक साधारण सभा
- २ नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति सर्वसहमतिमा चयन
- ३ धोवि बाट दुई दिन देखि वृद्ध बेपत्ता
- ४ यातायात समितिद्वारा मृतकका परिवारलाई रकम हस्तान्तरण
- ५ मध्यरातमा मन्त्री पाण्डेद्वारा विमानस्थल अवलाेन
- ६ बिजुली बत्ति बाल्नबाट काेही नागरिक बन्चित हुनु पर्दैन: राज्यमन्त्री तामाङ
- ७ फर्पु सुमाे दुर्घटना :अपडेट
- ८ रामेछापको फर्पुमा सुमाे दुर्घटना हुदा वडा अध्यक्ष सहित ५ जनाकाे मृत्यु
प्रतिक्रिया दिनुहोस