राष्ट्रपतिले उपचार खर्च आफै बेहोर्ने

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतको अस्पतालमा आफ्नो स्वास्थ्य उपचारका लागि भएको खर्च आफैले बेहोर्ने भएका छन् ।
राष्ट्रपतिको स्वकीय सचिवालयका प्रेस संयोजक खिला कार्कीले मंगलबार जारी गरेको प्रेस नोटमा उक्त कुरा उल्लेख गरीएको छ । भारतको राजधानी दिल्ली स्थित अखिल भारतीय आयूर्विज्ञान सस्थान एम्समा स्वास्थ्य उपचार गरी केहि आईतबार राष्ट्रपति पौडेल स्वदेश फर्किएका थिए । त्यसअघी उनलाई काठमाण्डौंको त्रिवी शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरीएकोमा रोग निदान नभएपछि दिल्ली लगिएको थियो ।
देश आर्थिक संकटमा परेका बेला उच्च सरकारी पदाधिकारीको विदेशमा उपचार गराउने खर्च सरकारले वेहोर्ने कुराको सर्वत्र निन्दा हुन थालेपछि काँग्रेसका महामन्त्री गगनकुमार थापाले सोमबार मात्र राष्ट्रपतिलाई आफ्नो उपचार खर्च आफै बेहोर्ने कुराको घोषणा गर्न आग्रह गरेका थिए ।
क्याटेगोरी : राजनीति, समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ पत्रकार पाठकलाई तत्काल पक्राउ नगर्न अदालतकाे अल्पकालीन आदेश
- २ भावुक स्टाटस लेखेर सम्पर्क बिहिन भएका डा: श्रेष्ठ शकुसल फेला
- ३ महिलाहरुका लागि सशक्तीकरण तथा सचेतना कार्यक्रम
- ४ वैदेशिक राेजगारीका क्रममा ठगिमा परेकाले सामीकाे पहलमा पाए ५१ लाख ३६ हजार
- ५ अहमदाबाद विमानस्थलबाट लण्डनका लागि उडान विमान दुर्घटना
- ६ विपद पूर्व तयारी तथा उद्वारकाे पूर्व अभ्यास प्रदर्शन
- ७ मन्थलीका सबै वडा एकैसाथ बालमैत्री घाेषणा : दिगाेपनाका लागि निरन्तरता दिने प्रतिबद्धता
- ८ रामेछाप नगरकाे सबै वडा एकैदिन बालमैत्री घाेषणा
प्रतिक्रिया दिनुहोस