बारा २ मा उपेन्द्र यादव विजयी

बारा- बारा जिल्लाकाे निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वााचित भएका छन । निकटतम प्रतिद्वन्द्वी शिवचन्द्र कुशवाहालाई ५ हजार ८१ मतले पछि पार्दै यादव विजयी भएका हुन ।
यादवले २८ हजार ४ सय १५ मत प्राप्त गरेका छन् भने कुशवाहाले २३ हजार ३ सय ३४ मत प्राप्त गरेकाे जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए ।
त्यसैगरी एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरेका छन् । पूर्वडी आईजीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार ८ सय २९ मत मात्र प्राप्त गरेका छन् । त्यस्तै आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले २ हजार ७ सय ३८ मत प्राप्त गरेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ नेकपा एमाले बागमतीकाे अध्यक्षमा रामेछापका ढुङ्गेल विजयी
- २ बजार अनुगमन प्रभावकारी बनाउनुस् : कावा प्रधानमन्त्री खड्का
- ३ एमाले बागमती प्रदेश अध्यक्षमा ढुङ्गेल सहित पाँचजनाकाे उम्मेदवारी
- ४ शिक्षक आन्दोलन फिर्ता
- ५ संविधान दिवसमा विविध कार्यक्रम
- ६ प्रेस युनियन केन्द्रमा परामर्श समिति गठन
- ७ बेवारिसे शव फेला
- ८ असाेज ३ गते देखि सडक आन्दोलनमा शिक्षक
प्रतिक्रिया दिनुहोस