तनहु १ मा रास्वपाका उम्मेदवार वाग्ले विजयी

तनहु – तनहुँ -१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी भएका छन् । रास्वपाबाट उम्मेदवार बनेका वाग्ले ३४ हजार ४ सय ८० मत सहित विजयी भएका हुन ।
वाग्लेले निकटतम प्रतिस्पर्धाी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले पछि पारेका छन् । भट्टराईले २० हजार ८८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत प्राप्त गरेका छन्।
तनहुँ-१ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन् । आइतबार भएको उपनिर्वाचनमा ६५ हजारभन्दा बढी मत खसेको थियो ।
गत मंसिर ४ को आमनिर्वाचनमा तनहुँ-१ मा कांग्रेसबाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए। उनी राष्ट्रपति बनेपछि उपनिर्वाचन गरिएको हो ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ सबै तहका सरकारले लागू गर्ने
- २ प्रणवानन्द आश्रममा बालबालिकालाई पूर्ण नि:शुल्क अध्यापन
- ३ मन्थली नगरपालिका: जेष्ठमसान्त भित्र बालमैत्री नगर घाेषणा हुँदै
- ४ राष्ट्र बैंककाे गभर्नरमा डा: बिश्वनाथ पाैडेल नियुक्त
- ५ लुटपाट गर्ने एक पुरुष पक्राउ
- ६ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ७ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ८ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
प्रतिक्रिया दिनुहोस