ढाडेबजारकाे इमरन इलेक्ट्रोनिक पसलमा आगाेलागि
रामेछाप – लिखुतामाकाेसी २ ढाडे बजारमा रहेकाे इमरन इसन इलेक्ट्रोनिक पसलमा आगाेलागि भएकाे छ । मंगलबार राति भएकाे आगाेलागीबाट पसलकाे नगद तथा जिन्सी सामान जलेर नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ । ।
ढाडे बजारमा रहेकाे किसान सिंह तामाङकाे घरमा रहेकाे इलेक्ट्रोनिक पसलमा गएराति विहान विजुलीकाे तार सर्ट भएर आगाेलागि हुन पुगेकाे थियाे । आगाेलागिबाट पसलमा भएकाे सबै सामान जलेर नष्ट भएकाे छ ।
आगाेमा परेर नष्ट भएकाे सामानहरुमा ३ थान सिलाइ मेसिन,१ थान ल्यापटप, २ थान प्रिन्टर , कपडाकाे राेल र फर्निचर सहित २४ लाख ४५ हजार भन्दा धेरै क्षेति हुन पुगेकाे जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी राजु ढकालले जानकारी दिएका छन् ।
ढाडेसिरिशेकाे प्रहरी टाेली र स्थानियकाे सहयाेगमा
बिहान ६:३० बजेतिर आगाे नियन्त्रणमा लिएकाे सुचना अधिकारी ढकालले जानकारी दिए ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस