परराष्ट्रमन्त्रीमा एनपी साउद
काठमाडौं – परराष्ट्रमन्त्रलयकाे मन्त्रीमा नेपाली कांग्रेसका नेता एनपी साउदले शपथ लिएका छन । आइतबार परराष्ट्रमन्त्रीमा साउदले शपथ लिएका हुन ।
गठबन्धन सरकारले मन्त्रीहरुकाे नाम टुङ्याउन नसक्दा अझै पनि पाँच मन्त्रालय प्रधानमन्त्रीकै जिम्मामा छ । हाल स्वास्थ्य तथा जनसंख्या, कानुन, न्याय तथा संसदीय मामिला, खानेपानी, वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय मन्त्रीविहीन छन् । ती मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहालले नै लिएका छन् ।
गठबन्धनमा भएको सहमतिबमोजिम कांग्रेसले अझै चार मन्त्रीको नाम टुंग्याउन सकेको छैन भने जनता समाजवादी पार्टीले एक मन्त्रीको नाम दिनु पर्ने छ ।
चैत १५ मा सत्ता गठबन्धन दल कांग्रेसले ८, माओवादी केन्द्र ५, जसपा र नेकपा एस २/२, जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीबाट १/१ जना मन्त्री बन्ने सहमति भएको थियो ।
चुनावको मुखमा मन्त्री छान्दा त्यसले चुनावलाई पनि असर पार्ने हुदा अब उपनिर्वाचन अघि मन्त्रीहरूलाई सपथ गराउने सरकारले जनाएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस