परराष्ट्रमन्त्रीमा एनपी साउद

काठमाडौं – परराष्ट्रमन्त्रलयकाे मन्त्रीमा नेपाली कांग्रेसका नेता एनपी साउदले शपथ लिएका छन । आइतबार परराष्ट्रमन्त्रीमा साउदले शपथ लिएका हुन ।
गठबन्धन सरकारले मन्त्रीहरुकाे नाम टुङ्याउन नसक्दा अझै पनि पाँच मन्त्रालय प्रधानमन्त्रीकै जिम्मामा छ । हाल स्वास्थ्य तथा जनसंख्या, कानुन, न्याय तथा संसदीय मामिला, खानेपानी, वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय मन्त्रीविहीन छन् । ती मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहालले नै लिएका छन् ।
गठबन्धनमा भएको सहमतिबमोजिम कांग्रेसले अझै चार मन्त्रीको नाम टुंग्याउन सकेको छैन भने जनता समाजवादी पार्टीले एक मन्त्रीको नाम दिनु पर्ने छ ।
चैत १५ मा सत्ता गठबन्धन दल कांग्रेसले ८, माओवादी केन्द्र ५, जसपा र नेकपा एस २/२, जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीबाट १/१ जना मन्त्री बन्ने सहमति भएको थियो ।
चुनावको मुखमा मन्त्री छान्दा त्यसले चुनावलाई पनि असर पार्ने हुदा अब उपनिर्वाचन अघि मन्त्रीहरूलाई सपथ गराउने सरकारले जनाएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ नेकपा एमाले बागमतीकाे अध्यक्षमा रामेछापका ढुङ्गेल विजयी
- २ बजार अनुगमन प्रभावकारी बनाउनुस् : कावा प्रधानमन्त्री खड्का
- ३ एमाले बागमती प्रदेश अध्यक्षमा ढुङ्गेल सहित पाँचजनाकाे उम्मेदवारी
- ४ शिक्षक आन्दोलन फिर्ता
- ५ संविधान दिवसमा विविध कार्यक्रम
- ६ प्रेस युनियन केन्द्रमा परामर्श समिति गठन
- ७ बेवारिसे शव फेला
- ८ असाेज ३ गते देखि सडक आन्दोलनमा शिक्षक
प्रतिक्रिया दिनुहोस