किसानलाई भैंसि सुत्केरी भत्ता
रामेछाप – मन्थली नगरपालिका अन्तरगत १५२ जना किसानलाई भैसी सुत्केरी स्याहार प्राेत्साहन भत्ता प्रदान गरिएकाे छ ।
नगरपालिकाले चालू आर्थिक वर्षमा १७० वटा भैसिका लागि १५२ जना किसानलाई उक्त भत्ता प्रदान गरेकाे हाे ।
मन्थली नगरपालिकाकाे पशु सेवा शाखाले दुधमा आत्मानिर्भर कार्यक्रम अन्तरगत किसानलाई भैंसी सुत्केरी स्वाहार प्राेत्साहन भत्ता दिइएकाे पशु सेवा शाखाका सहायक पशु विकास अधिकृत राेहिणी चापागाईंले जानकारी दिए । किसानले दिएकाे निवेदनका आधारमा साउन ,भाद्र र असाेज महिनामा सुत्केरी भएकाे भैसिका लागि प्रत्येक भैसिकाे २५ सयका दरले प्राेत्साहन भत्ता उपलब्ध गराइएकाे चापागाईंले बताए । चापागाईंले भने सामान्यतया साउन ,भदाै र असाेजलाइ भैंसी सुत्केरी हुने सिजनकाे रुपमा लिने गरिन्छ । त्यसकारण साेही समयमा सुत्केरी हुने भैसिलाई मात्र प्राेत्साहन रकम उपलब्ध गराएकाे हाे ।
भैंसी सुत्केरी स्वाहार प्राेत्साहन भत्ता पाएका मन्थली १ की चिज कुमारी भुजेलले भैंसि पाल्ने किसानलाई यसरी नगरले प्राेत्साहन गरेकाेमा खुुसि व्यक्त गरिन । उनकाे घरमा बर्सेनि २-३ वटा भैंसी सुत्केरी हुने गरेकाे बताइन ।
त्यस्तै अर्का मन्थली ७ का किसान कृष्ण बहादुर कार्कीले पनि नगरले संचालन गरेकाे किसान प्राेत्साहन कार्यक्रम प्रसंसा याेग्य भएकाे बताए । उनले भने यसरी नगरले सहयाेग गरेकाे रकमले थाेरै भएपनि भैंसी बिरामी हुदा ओैषधि किन्न , प्राविधिक बाेलाउन , दाना किन्न समेत सहयाेग पुगेकाे बताए ।
त्यसैगरी यसरी सिजनमा मात्र हुने सुत्केरी भैंसीलाई मात्र कार्यक्रमले समेट्दा अधिकांश किसान छुट्न पुगेकाले किसानहरुले गुनासाे गरेका छन् । सबै किसानलाई समेट्न सकिने गरि कार्यक्रम ल्याउन किसानहरुले माग गरेकाे छन्
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ रास्वपा उम्मेदवार आसीकालाई जर्मन दूतावासले सोधपुछका लागि बोलायो
- २ निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे १ लाख जरिवानादेखि उम्मेदवारी खारेजीसम्म
- ३ रामेछापबाट कांग्रेस केन्द्रीय सदस्यमा बिनिता
- ४ सुजाताकाे कांग्रेस सभापति गगनलाई बधाई, परिवर्तनलाई स्वीकार्न आग्रह
- ५ रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ६ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- ७ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ८ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की















प्रतिक्रिया दिनुहोस