कोईरालाको १३ औं स्मृति सभा

रामेछाप । नेपाली काँग्रेसका नेता शिखर पुरुष स्वर्गीय गिरीजा प्रसाद कोइरालाको १३ औं स्मृति दिवसको अवसरमा जिपी फाउण्डेसन रामेछापले स्मृति सभाको आयोजना गरेको छ ।
फाउण्डेसनका जिल्ला अध्यक्ष दिपक खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा काँग्रेस नेता ध्रुवहरी ढुंगेलले स्वर्गीय गिरीजा प्रसाद कोइराला निडर र नागरिकको लोकतान्त्रिक अधिकारका लागि कहिल्यै नथाक्ने योद्धा भएको उल्लेख गरे ।
कार्यक्रममा काँग्रेस जिल्ला उपसभापति लेखवहादुर कार्कीले गिरीजा प्रसाद कोइरालाको एक सुत्रिय मागको अडानका कारण नेपालमा राजाबाट विघटित प्रतिनिधिसभाको पुनस्थार्पना र १० बर्षे युद्धको अन्त्य भएको उल्लेख गर्दै कोइरालाका विभिन्न आयामहरुको चर्चा गरेका थिए । कार्यक्रममा काँग्रेसका पूर्व कोषाध्यक्ष कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्री नयाँघरे, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष विनोद बुढाथोकी लगाएतले स्वर्गीय कोइरालाको नेपालमा लोकतन्त्र प्राप्ति र अधिकारका लागि उल्लेखनिय भूमिका रहेको औल्याएका थिए ।
कार्यक्रममा फाउण्डेशनले केहि दिन अघी मात्र शहिद स्मृति बहुमुखि क्याम्पसको स्ववियू निर्वाचनमा विजयी भएका सभापति अविनाश कार्की लगाएतलाई सम्मान गरेको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ नेकपा एमाले बागमतीकाे अध्यक्षमा रामेछापका ढुङ्गेल विजयी
- २ बजार अनुगमन प्रभावकारी बनाउनुस् : कावा प्रधानमन्त्री खड्का
- ३ एमाले बागमती प्रदेश अध्यक्षमा ढुङ्गेल सहित पाँचजनाकाे उम्मेदवारी
- ४ शिक्षक आन्दोलन फिर्ता
- ५ संविधान दिवसमा विविध कार्यक्रम
- ६ प्रेस युनियन केन्द्रमा परामर्श समिति गठन
- ७ बेवारिसे शव फेला
- ८ असाेज ३ गते देखि सडक आन्दोलनमा शिक्षक
प्रतिक्रिया दिनुहोस