उद्योग व्यापार महासंघकाे अध्यक्षमा श्रेष्ठ

रामेछाप – नेकपा माओवादी केन्द्र निकट नेपाल उद्योग ब्यापार महासंघ रामेछापको प्रथम जिल्ला भेलाबाट जयप्रकाश श्रेष्ठ अध्यक्षमा चयन भएका छन् । शुक्रबार मन्थलीमा तेज प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न भेलाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेकाे हाे ।
पदेन पदाधिकारी तेज प्रसाद सुवेदी रहने गरि उपाध्यक्षमा बद्री केसी,सचिवमा रत्न नेवार,सह सचिवमा झम्क श्रेष्ठ,कोषाध्यक्षमा मीन प्रसाद घिमिरे र सह–कोषाध्यक्षमा सरिता लामा चयन भएका छन् ।
माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं जिल्ला ईन्चार्ज श्याम कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा नेपाल उद्योग ब्यापार महासंघ बागमति प्रदेशका अध्यक्ष दिल बहादुर महर्जन,महासचिब सन्तोष पौडेल,केन्द्रिय सदस्य युवराज श्रेष्ठ,केन्द्रिय सदस्य धावा लामा लगायतले शुभकामना दिएका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ वडा कार्यालयको भवन निमार्ण विरुद्ध स्थानियको विरोध
- २ मन्थली क्याम्पसकाे स्ववियुमा अनेरास्ववियुका पुष्करलाई हराउदै नेबिसंघका अविनाश निर्वाचित
- ३ शैलुङ अन्तर्राष्ट्रिय अल्ट्र म्याराथन सम्पन्न
- ४ सुनापति–शैलुङ म्याराथनको तयारी पुरा
- ५ प्रविधि युक्त कक्षाकाेठा देखि छात्रवृत्ति सम्मकाे व्यवस्था हुन्छ:सभापतिका उम्मेदवार कार्की
- ६ शैलुङ्मा अल्ट्रा अन्तराष्ट्रिय म्याराथन हुँदै
- ७ फैसला विरुद्ध प्रदर्शन र तोडफोड
- ८ उद्योग वाणिज्य संघमा थापामगरको प्यानल विजयी
प्रतिक्रिया दिनुहोस