उद्योग व्यापार महासंघकाे अध्यक्षमा श्रेष्ठ
रामेछाप – नेकपा माओवादी केन्द्र निकट नेपाल उद्योग ब्यापार महासंघ रामेछापको प्रथम जिल्ला भेलाबाट जयप्रकाश श्रेष्ठ अध्यक्षमा चयन भएका छन् । शुक्रबार मन्थलीमा तेज प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न भेलाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेकाे हाे ।
पदेन पदाधिकारी तेज प्रसाद सुवेदी रहने गरि उपाध्यक्षमा बद्री केसी,सचिवमा रत्न नेवार,सह सचिवमा झम्क श्रेष्ठ,कोषाध्यक्षमा मीन प्रसाद घिमिरे र सह–कोषाध्यक्षमा सरिता लामा चयन भएका छन् ।
माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं जिल्ला ईन्चार्ज श्याम कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा नेपाल उद्योग ब्यापार महासंघ बागमति प्रदेशका अध्यक्ष दिल बहादुर महर्जन,महासचिब सन्तोष पौडेल,केन्द्रिय सदस्य युवराज श्रेष्ठ,केन्द्रिय सदस्य धावा लामा लगायतले शुभकामना दिएका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस