काँग्रेस सांसद गुरुङ दोषि ठहर

काठमाडौँ । विशेष अदालतले प्रतिनिधिसभाका सदस्य टेकबहादुर गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको मंगलबार वसेको इजलासले मनाङबाट प्रतिनिधिसभामा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार भई निर्वाचित भएका गुरुङसहित नौ जनालाई दोषी ठहर गरेको हो ।
महिला बालबालिका तथा समाजकल्याण मन्त्री भएका बेला गुरुङले काठमाण्डौंको भृकुटीमण्डपस्थित फनपार्क सञ्चालन गर्न चलन चल्तिको भन्दा सस्तो भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा अदालतले गुरुङ र पूर्वमन्त्री बद्री न्यौपाने समेत ९ जना लाई दोषी ठहर गरेको छ । विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले दोषी ठहर गरिएका व्यक्तिहरुमाथि फागुन २५ गते सजाय तोकिने बताए । २०७५ माघ २१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ जनाविरुद्ध मुद्दा दायर गरेकोमा ५ जनालाई भने अदालतले सफाई दिएको छ ।
भ्रष्टाचार मुद्धामा अनुसन्धान गरी अभियोग दर्ता गरेका कारण सांसद गुरुङ सांसदमा उपस्थित भई संसदीय कृयाकलापमा सम्लग्न भने हुन पाएका थिएनन । कानुन बमोजिम विषेश अदालतमा मुद्धा पेश भएका कारण स्वत निलम्बन हुने व्यवस्था रहेको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ लुटपाट गर्ने एक पुरुष पक्राउ
- २ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ३ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ४ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ५ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
- ६ भारत पाकिस्तान तनावबारे नेपालकाे धारणा सार्वजनिक
- ७ बागमती प्रदेशभर आज सार्वजनिक बिदा
- ८ उत्कृष्ट सुचना अधिकारी २०८२ बाट मन्थलीका सुचना अधिकारी बुढाथोकी सम्मानित
प्रतिक्रिया दिनुहोस