काँग्रेस सांसद गुरुङ दोषि ठहर
काठमाडौँ । विशेष अदालतले प्रतिनिधिसभाका सदस्य टेकबहादुर गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको मंगलबार वसेको इजलासले मनाङबाट प्रतिनिधिसभामा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार भई निर्वाचित भएका गुरुङसहित नौ जनालाई दोषी ठहर गरेको हो ।
महिला बालबालिका तथा समाजकल्याण मन्त्री भएका बेला गुरुङले काठमाण्डौंको भृकुटीमण्डपस्थित फनपार्क सञ्चालन गर्न चलन चल्तिको भन्दा सस्तो भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा अदालतले गुरुङ र पूर्वमन्त्री बद्री न्यौपाने समेत ९ जना लाई दोषी ठहर गरेको छ । विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले दोषी ठहर गरिएका व्यक्तिहरुमाथि फागुन २५ गते सजाय तोकिने बताए । २०७५ माघ २१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ जनाविरुद्ध मुद्दा दायर गरेकोमा ५ जनालाई भने अदालतले सफाई दिएको छ ।
भ्रष्टाचार मुद्धामा अनुसन्धान गरी अभियोग दर्ता गरेका कारण सांसद गुरुङ सांसदमा उपस्थित भई संसदीय कृयाकलापमा सम्लग्न भने हुन पाएका थिएनन । कानुन बमोजिम विषेश अदालतमा मुद्धा पेश भएका कारण स्वत निलम्बन हुने व्यवस्था रहेको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- २ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ३ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ४ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ५ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ६ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ७ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ८ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक













प्रतिक्रिया दिनुहोस