एमाले परित्याग गर्दै थापामगर कांग्रेस प्रवेश

रामेछाप – नेकपा एमालेकाे भाद्री संगठन उद्याेग बाणिज्य महासंघ मन्थली नगरसमितिका अध्यक्ष तथा नवीन थापामगरले मंगलबार नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
मगरलाई नेपाली कांग्रेस रामेछापका सभापति तथा संघिय सांसद पुर्ण बहादुर तामाङ कान्छाराम र रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्याैपानेले संयुक्तरूपमा स्वागत गरेका थिए ।
२२ वर्षदेखि रामेछाप उद्योग बाणिज्य संघकाे विभिन्न पदमा रहेर भुमिका निर्वाह गर्दै आएका थापामगर हाल उक्त संघमा बरिस्ठ उपाध्यक्षकाे भुमिकामा रहेर काम गरिरहेका छन् ।
नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका थापामगरलाई स्वागत
गर्दै नेपाली कांग्रेसका पार्टी सभापति कान्छारामले भविष्यमा उचित जिम्मेवारी दिने वचन दिएका छन् ।
कार्यक्रममा निवर्तमान जिल्ला सभापति लवश्री न्याैपानेले थापामगरकाे आगमनले कांग्रेसलाई थप मद्दत पुग्ने बताए ।
यसैगरी पार्टी सदस्यता लिदै थापामगरले नेपाली कांग्रेसका लागि सक्रियता पुर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ वडा कार्यालयको भवन निमार्ण विरुद्ध स्थानियको विरोध
- २ मन्थली क्याम्पसकाे स्ववियुमा अनेरास्ववियुका पुष्करलाई हराउदै नेबिसंघका अविनाश निर्वाचित
- ३ शैलुङ अन्तर्राष्ट्रिय अल्ट्र म्याराथन सम्पन्न
- ४ सुनापति–शैलुङ म्याराथनको तयारी पुरा
- ५ प्रविधि युक्त कक्षाकाेठा देखि छात्रवृत्ति सम्मकाे व्यवस्था हुन्छ:सभापतिका उम्मेदवार कार्की
- ६ शैलुङ्मा अल्ट्रा अन्तराष्ट्रिय म्याराथन हुँदै
- ७ फैसला विरुद्ध प्रदर्शन र तोडफोड
- ८ उद्योग वाणिज्य संघमा थापामगरको प्यानल विजयी
प्रतिक्रिया दिनुहोस