एमाले परित्याग गर्दै थापामगर कांग्रेस प्रवेश
रामेछाप – नेकपा एमालेकाे भाद्री संगठन उद्याेग बाणिज्य महासंघ मन्थली नगरसमितिका अध्यक्ष तथा नवीन थापामगरले मंगलबार नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
मगरलाई नेपाली कांग्रेस रामेछापका सभापति तथा संघिय सांसद पुर्ण बहादुर तामाङ कान्छाराम र रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्याैपानेले संयुक्तरूपमा स्वागत गरेका थिए ।
२२ वर्षदेखि रामेछाप उद्योग बाणिज्य संघकाे विभिन्न पदमा रहेर भुमिका निर्वाह गर्दै आएका थापामगर हाल उक्त संघमा बरिस्ठ उपाध्यक्षकाे भुमिकामा रहेर काम गरिरहेका छन् ।
नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका थापामगरलाई स्वागत
गर्दै नेपाली कांग्रेसका पार्टी सभापति कान्छारामले भविष्यमा उचित जिम्मेवारी दिने वचन दिएका छन् ।
कार्यक्रममा निवर्तमान जिल्ला सभापति लवश्री न्याैपानेले थापामगरकाे आगमनले कांग्रेसलाई थप मद्दत पुग्ने बताए ।
यसैगरी पार्टी सदस्यता लिदै थापामगरले नेपाली कांग्रेसका लागि सक्रियता पुर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- २ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ३ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ४ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ५ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ६ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ७ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ८ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ













प्रतिक्रिया दिनुहोस