काँग्रेसलाई राष्ट्रपति दिने आठ दलको सहमति

काठमाण्डौं । संसदमा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दलले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने भएका छन् । आज साँझ बालुवाटारमा वसेको बैठकले आठ राजनीतिक दलका साझा उम्मेदवारको रुपमा काँग्रेसले तोकेका उम्मेदवारलाई विजयी गराउने निर्णय गरेको हो । राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने अडान लिएका प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड) ले सत्तापक्ष र विपक्षका आठ दलबाट कांग्रेस उम्मेदवारलाई राष्ट्रपति बनाउन सहमति जुटाएका हुन् । आठ दलले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा साझा उम्मेदवार बनाउने निर्णय भएको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बैठक पछि संचारकर्मीहरुलाई जानकारी दिए ।
आठ दलले सहमति दिएपछि प्रतिनिधिसभामा ठूलो दल भएर पनि प्रतिपक्षमा रहेको कांग्रेस फेरि शक्तिमा फर्किएको छ । राष्ट्रपतिमा कांग्रेसलाई सत्तारुढ दलहरू माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि साथ दिएका छन् भने विपक्षमा रहेका नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि साथ दिएका छन् ।
सत्तारुढ एमालेले आठ दलिय गठवन्धनलाई विदेशी शक्तिको चलखलमा अस्थिरता निम्त्याउने निर्णय भएको प्रतिक्रिया दिएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहालले गठवन्धन तोडेको आरोप लगाउदै उनको कदमले देश अस्थिरता तिर धकेलिएको वताएका हुन ।
राष्ट्रपतिको निर्वाचन पछि सरकारको स्वरुपमा पनि परिवर्तन हुने लक्ष्यण देखिएको छ । एमालले राष्ट्रपतिको उम्मेदवारलाई साथ नपाएपछि प्रचण्ड सरकारबाट वहिगर्मन हुने संकेत देखाईसकेको छ । राष्ट्रपतिको निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता गर्ने र फागुन २५ गते निर्वाचनको कार्यक्रम रहेको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ शैक्षिक आन्दोलन र शिक्षक
- २ विद्यालयमा खानेपानी व्यवस्थापनका लागि मुक्तिनाथ बैंककाे सहयाेग
- ३ कक्षा १२ काे परीक्षा स्थगित
- ४ एनडिसीमा श्रमिकको मुद्दा सुनिश्चित: वनमन्त्री शाही
- ५ रामेछाप खाँडादेविका एक पुरुषले गरे श्रीमतीकाे हत्या , छाेराछाेरी घाइते
- ६ बालमैत्री नगर घाेषणाले फाइदा नै फाईदा हुन्छ : समन्वय प्रमुख खड्का
- ७ कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर
- ८ प्रसंसा कारिताले पत्रकारिता चल्दैन : युनियन महासचिव पाैडेल
प्रतिक्रिया दिनुहोस