काँग्रेसलाई राष्ट्रपति दिने आठ दलको सहमति
काठमाण्डौं । संसदमा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दलले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने भएका छन् । आज साँझ बालुवाटारमा वसेको बैठकले आठ राजनीतिक दलका साझा उम्मेदवारको रुपमा काँग्रेसले तोकेका उम्मेदवारलाई विजयी गराउने निर्णय गरेको हो । राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने अडान लिएका प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड) ले सत्तापक्ष र विपक्षका आठ दलबाट कांग्रेस उम्मेदवारलाई राष्ट्रपति बनाउन सहमति जुटाएका हुन् । आठ दलले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा साझा उम्मेदवार बनाउने निर्णय भएको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बैठक पछि संचारकर्मीहरुलाई जानकारी दिए ।
आठ दलले सहमति दिएपछि प्रतिनिधिसभामा ठूलो दल भएर पनि प्रतिपक्षमा रहेको कांग्रेस फेरि शक्तिमा फर्किएको छ । राष्ट्रपतिमा कांग्रेसलाई सत्तारुढ दलहरू माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि साथ दिएका छन् भने विपक्षमा रहेका नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि साथ दिएका छन् ।
सत्तारुढ एमालेले आठ दलिय गठवन्धनलाई विदेशी शक्तिको चलखलमा अस्थिरता निम्त्याउने निर्णय भएको प्रतिक्रिया दिएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहालले गठवन्धन तोडेको आरोप लगाउदै उनको कदमले देश अस्थिरता तिर धकेलिएको वताएका हुन ।
राष्ट्रपतिको निर्वाचन पछि सरकारको स्वरुपमा पनि परिवर्तन हुने लक्ष्यण देखिएको छ । एमालले राष्ट्रपतिको उम्मेदवारलाई साथ नपाएपछि प्रचण्ड सरकारबाट वहिगर्मन हुने संकेत देखाईसकेको छ । राष्ट्रपतिको निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता गर्ने र फागुन २५ गते निर्वाचनको कार्यक्रम रहेको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- २ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ३ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ४ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ५ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ६ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ७ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ८ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय













प्रतिक्रिया दिनुहोस