अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्ने मुख्यमन्त्री शाहकाे प्रतिबद्धता
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मुख्यमन्त्री शाहले शपथ लिएसँगै प्रतिबद्धता व्यक्त गरेका हुन ।
शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले पदभार ग्रहण गरेका थिए। पदभार ग्रहण गरेसँगै उनले अनियमितता र भ्रष्टाचार हटाउन भ्रष्टाचार विरूद्धको प्रादेशिक कार्ययोजना तर्जुमा समिति समेत गठन गर्ने बताएका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता शाह विहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शाह यसअघि मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत नपाएर पदमुक्त भएपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएकाे ३० दिनभित्र प्रदेश सभा बैठकबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।
मुख्यमन्त्री शाहले आजै दुई सदस्यीय मन्त्रिपरिषद पनि विस्तार गरेका छन् । जसमा कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा र आर्थिक मामिला तथा योजना मन्त्रीमा नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाइ नियुक्त गरेका छन्।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस