अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्ने मुख्यमन्त्री शाहकाे प्रतिबद्धता

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मुख्यमन्त्री शाहले शपथ लिएसँगै प्रतिबद्धता व्यक्त गरेका हुन ।
शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले पदभार ग्रहण गरेका थिए। पदभार ग्रहण गरेसँगै उनले अनियमितता र भ्रष्टाचार हटाउन भ्रष्टाचार विरूद्धको प्रादेशिक कार्ययोजना तर्जुमा समिति समेत गठन गर्ने बताएका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता शाह विहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शाह यसअघि मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत नपाएर पदमुक्त भएपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएकाे ३० दिनभित्र प्रदेश सभा बैठकबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।
मुख्यमन्त्री शाहले आजै दुई सदस्यीय मन्त्रिपरिषद पनि विस्तार गरेका छन् । जसमा कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा र आर्थिक मामिला तथा योजना मन्त्रीमा नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाइ नियुक्त गरेका छन्।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ वडा कार्यालयको भवन निमार्ण विरुद्ध स्थानियको विरोध
- २ मन्थली क्याम्पसकाे स्ववियुमा अनेरास्ववियुका पुष्करलाई हराउदै नेबिसंघका अविनाश निर्वाचित
- ३ शैलुङ अन्तर्राष्ट्रिय अल्ट्र म्याराथन सम्पन्न
- ४ सुनापति–शैलुङ म्याराथनको तयारी पुरा
- ५ प्रविधि युक्त कक्षाकाेठा देखि छात्रवृत्ति सम्मकाे व्यवस्था हुन्छ:सभापतिका उम्मेदवार कार्की
- ६ शैलुङ्मा अल्ट्रा अन्तराष्ट्रिय म्याराथन हुँदै
- ७ फैसला विरुद्ध प्रदर्शन र तोडफोड
- ८ उद्योग वाणिज्य संघमा थापामगरको प्यानल विजयी
प्रतिक्रिया दिनुहोस