नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन

काठमाडौं – नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ । जबराकाे ९५ वर्षकाे उमेरमा आइतबार बिहान नर्भिक अस्पतालमा निधन भएकाे हाे ।
जबरालाई पार्किन्सन्सको समस्या थियो । युरिया उच्च देखिए पछि अस्पताल भर्ना गरेर उपचार गराइरहेका जबराकाे खाना सर्किएर फोक्सोमा गएपछि स्वास्थ्यमा थप जटिलता देखिएकाे थियाे । त्यसपछि आइसियुमा राखेर थप उपचार गरिरहेको जबराका आइतबार बिहान निधन भएकाे हाे ।
जबरा सन् १९२८ मा स्वस्थानी पूर्णिमाका दिन जन्मिएका थिए। ‘आज स्वस्थानी पूर्णिमाकै दिन बुवाको निधन भएको छ’, छोरी संगीता थापाले आफ्नो फेसबुक पेजमा लेखेकी छन्।
जबरा नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए। उनी २०१३ वैशाख १४ देखि २०१७ माघ २५ सम्म नेपाल राष्ट्र बैंकमा गभर्नर थिए।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ नेकपा एमाले बागमतीकाे अध्यक्षमा रामेछापका ढुङ्गेल विजयी
- २ बजार अनुगमन प्रभावकारी बनाउनुस् : कावा प्रधानमन्त्री खड्का
- ३ एमाले बागमती प्रदेश अध्यक्षमा ढुङ्गेल सहित पाँचजनाकाे उम्मेदवारी
- ४ शिक्षक आन्दोलन फिर्ता
- ५ संविधान दिवसमा विविध कार्यक्रम
- ६ प्रेस युनियन केन्द्रमा परामर्श समिति गठन
- ७ बेवारिसे शव फेला
- ८ असाेज ३ गते देखि सडक आन्दोलनमा शिक्षक
प्रतिक्रिया दिनुहोस