नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
काठमाडौं – नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ । जबराकाे ९५ वर्षकाे उमेरमा आइतबार बिहान नर्भिक अस्पतालमा निधन भएकाे हाे ।
जबरालाई पार्किन्सन्सको समस्या थियो । युरिया उच्च देखिए पछि अस्पताल भर्ना गरेर उपचार गराइरहेका जबराकाे खाना सर्किएर फोक्सोमा गएपछि स्वास्थ्यमा थप जटिलता देखिएकाे थियाे । त्यसपछि आइसियुमा राखेर थप उपचार गरिरहेको जबराका आइतबार बिहान निधन भएकाे हाे ।
जबरा सन् १९२८ मा स्वस्थानी पूर्णिमाका दिन जन्मिएका थिए। ‘आज स्वस्थानी पूर्णिमाकै दिन बुवाको निधन भएको छ’, छोरी संगीता थापाले आफ्नो फेसबुक पेजमा लेखेकी छन्।
जबरा नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए। उनी २०१३ वैशाख १४ देखि २०१७ माघ २५ सम्म नेपाल राष्ट्र बैंकमा गभर्नर थिए।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस