बागमती प्रदेशकाे मुख्यमन्त्रीमा जम्कट्टेल
मकवानपुर – बागमती प्रदेशकाे मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल नियुक्त भएका छन् । जम्मकट्टेलाई बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्कट्टेललाई नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । जम्कट्टेल प्रदेशको चौथो मुख्यमन्त्री बनेका छन् ।
जम्कट्टेललाई सत्तारूढ गठबन्धन दलहरु माओवादी केन्द्र २१, एमाले २७, राप्रपा १३, नेकपा एस ७ हाम्रो नेपाली पार्टीका २ जना सांसदले समर्थन गरेका थिए । बागमती प्रदेशका ११० प्रदेशसभा सदस्य मध्ये जम्कट्टेललाई ७० सांसदले समर्थन गरेका हुन ।
यसअघि जम्कट्टेल २०७४ मा भएको प्रदेशसभा निर्वाचनमा माओवादीबाट विजयी भएर प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारमा आन्तरिक मामलिा तथा कानून मन्त्री तथा राजेन्द्र पाण्डे नेतृत्वको सरकारमा कानूनमन्त्री बनेका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस