बागमती प्रदेशकाे मुख्यमन्त्रीमा जम्कट्टेल

मकवानपुर – बागमती प्रदेशकाे मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल नियुक्त भएका छन् । जम्मकट्टेलाई बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्कट्टेललाई नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । जम्कट्टेल प्रदेशको चौथो मुख्यमन्त्री बनेका छन् ।
जम्कट्टेललाई सत्तारूढ गठबन्धन दलहरु माओवादी केन्द्र २१, एमाले २७, राप्रपा १३, नेकपा एस ७ हाम्रो नेपाली पार्टीका २ जना सांसदले समर्थन गरेका थिए । बागमती प्रदेशका ११० प्रदेशसभा सदस्य मध्ये जम्कट्टेललाई ७० सांसदले समर्थन गरेका हुन ।
यसअघि जम्कट्टेल २०७४ मा भएको प्रदेशसभा निर्वाचनमा माओवादीबाट विजयी भएर प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारमा आन्तरिक मामलिा तथा कानून मन्त्री तथा राजेन्द्र पाण्डे नेतृत्वको सरकारमा कानूनमन्त्री बनेका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस